काठमाडौँ, ३ साउन । जुम्लामा अनसन बसिरहेका डा. गोविन्द केसीलाई सरकारले आज काठमाडौँ ल्याउने भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको बैठक बसेर बुधबार अबेर डा. केसीलाई काठमाडौं ल्याउने र उनका मागबारे खुला छलफल गर्ने निर्णय गरेको छ । चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा अनसनरत छन् ।
केसीका जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै आजै नै हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय भएको छ । यही विषयमा जानकारी दिन अहिले बिहान ८ बजे शिक्षामन्त्री गिरीराजमणि पोखरेलले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेका छन ।