विराटनगर, ३ साउन । विराटनगर महानगरपालिका–१२, पञ्चालीमा सञ्चालित गीतगजल रेष्टुराँमा आज बिहान आगलागी हुँदा करीब रु ६० लाख बराबरको सम्पत्ति जलेर खरानी भएको छ ।

Advertisement

विराटनगर वडा प्रहरी कार्यालयका अनुसार आज बिहान करीब ४ः१५ बजे भएको आगलागी विद्युत् सर्ट भएर भएको र सो क्षतिको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

स्थानीय नवीन घिमिरेको घर बहालमा लिई योग्य श्रेष्ठद्वारा सञ्चालित पञ्चाली गीतगजल रेष्टुराँमा लागेको आगोलाई दमकल, स्थानीय प्रहरी र सर्वसाधारण जनताको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!