काठमाडौँ, ६ भदौ । पूर्व प्रहरी परिवार मञ्चले गोकर्णेश्वरको मेरुदण्ड पक्षघात समूहलाई रु दुई लाख ५० हजार सहयोग गरेको छ ।

मेरुदण्ड पक्षघात भएका विद्यार्थीलाई स्वावलम्बन जीवन पद्धति र आवास सञ्चालनका लागि उक्त सहयोग गरिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल र मञ्चका सल्लाहकार शिवजी श्रेष्ठले मङ्गलबार सो रकम समूहका उपाध्यक्ष बाबुराम मिश्रलाई संयुक्तरूपमा हस्तान्तरण गर्नुभयो ।

Advertisement

महानिरीक्षक खनालले मेरुदण्ड पक्षघात भएका विद्यार्थीको स्वावलम्बन जीवन पद्दती सिकाई एवं आवास सञ्चालनमा सो रकमले सहयोग पुग्ने बताउनुभयो । उहाँले आउँदा दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख नेपालले बौद्धिक, शारीरिक र मेरुदण्ड पक्षघातबाट अशक्तलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

मञ्चका सल्लाहकार श्रेष्ठले सो सहयोगले विद्यार्थीको भविष्य उज्ज्वल बनाउन थप प्रेरणा मिलेको बताउनुभयो । विसं २०७२ मा स्थापना भएको उक्त समूहले मेरुदण्ड पक्षघात भएका विद्यार्थीको स्वावलम्बन जीवन पद्दति, सिकाइ एवं आवास सञ्चालन र अपाङ्गता अधिकारसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको छ । हाल समूहमा ११ विद्यार्थी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!