काठमाडौँ, ६ भदौ ।  इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले आज नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

Advertisement

त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारीले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एण्ड जर्कमा १६० केजी गरी कूल २७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

यसअघि कमलले २०७१ मा स्न्याचमा ११८, क्लिन एण्ड जर्कमा १५५ को नयाँ कीर्तिमान बनाएका थिए । योसँगै अधिकारीको नाममा तीन राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।

यसअघि मङ्गलबार सम्पन्न महिलाको ५३ केजीमा सञ्जु चौधरीले पनि तीन राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

समूह ‘बी’ मा रहेको अधिकारी छैटौँ स्थानमा रहे । बिहीबार विकास थापाले ७७ केजीमा प्रतिस्पर्धा गर्नेछन् । यही भदौ १० गते तारादेवी पुनले ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!