काठमाडौँ, ६ भदौ । व्यक्ति वा कम्पनीका नाममा देशभर खानी कब्जा गर्ने र दर्ता गरी मोटो रकममा बेचबिखन गर्ने होडबाजी चलेको छ । खानी पत्ता लाग्नेबित्तिकै कब्जा गर्ने रणनीतिअनुसार माफिया शैलीमा राजनीतिक दलका नेता, तिनका आसेपासे, भ्रष्ट कर्मचारीदेखि स्थानीय गुन्डासमेत सक्रिय भएका  छन ।

Advertisement

कतिपयले व्यक्तिका नाममा खानी दर्ता गरी कब्जा गरेका छन् भने कतिपयले कम्पनी खोलेर दर्ता गरेका छन् । अधिकांशले खानी दर्ता गरी खल्तीमा राखेर बिक्री खुला गरेका छन् । सके सेयर लिएर खानी चलाउनेनसके बेचेर मोटो रकम लिने शैलीमा उनीहरू बिक्रीका लागि बिचौलिया लिएर हिँडिरहेका छन्।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ सम्ममा २६ वटा भिन्न खनिज निकाल्न चार सय ८४ स्थानमा अनुमति दिइएको छ । जसमध्ये एक सय २४ वटा सञ्चालनमा छन् भने बाँकी ३६० ले खनिज खोजीका लागि भन्दै लाइसेन्स लिएर बसेका छन् । लाइसेन्स लिएकामध्ये दुई सय २१ वटा व्यक्तिका नाममा छन् । जसमध्ये २१ वटा मात्र सञ्चालनमा छन् । बाँकी दुई सयवटा लाइसेन्स लिएर राखिएका छन् ।

लाइसेन्स लिएर राखिएकामध्ये अधिकांश चुनढुंगाका खानी छन् । त्यसपछि क्वार्टजाइट र सिलिका बालुवाको लाइसेन्स लिएर राखिएको छ । व्यक्तिका नाममा दर्ता कुल १०१ वटा चुनढुंगाखानीमध्ये चार वटामात्र सञ्चालनमा छन् । बाँकी ९७ वटा लाइसेन्स लिएर राखिएका छन्।

व्यक्तिले लिएका ४२ क्वार्टजाइट खानीमध्ये ६ वटामात्र सञ्चालनमा रहेको र बाँकी ३६ वटा लाइसेन्स लिएर मात्र राखिएका छन् । बहुमूल्य मानिने सुनखानीसमेत व्यक्तिका नाममा दर्ता छ । रोल्पाको साढे १० वर्ग किलोमिटर क्षेत्रफलको सुनखानी क्षितिज भण्डारीका नाममा गत वर्षमात्र दर्ता भएको हो । दर्ता भएका कुल नौवटा सुनखानीमध्ये अधिकांश विदेशी कम्पनीका नाममा छन् ।

तर ती कुनै पनि सञ्चालनमा आइसकेका छैनन् । कतिपय खानी गत वर्ष बेचिएका छन् । बिक्रीको प्रावधान नभएपछि नामसारी गरी घुमाउरो बाटोबाट लाइसेन्स बिक्रीवितरण भइरहेको छ, आजको नागरिक दैनिकबाट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!