प्रधानमन्त्रीद्वारा अनौपचारिक रूपमा काम थालनी

प्रधानमन्त्रीद्वारा अनौपचारिक रूपमा काम थालनी

काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गर्नुभएको छ । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ, राम्ररी खानुभएको छ, आरामका ला...
दश जिल्लामा सेवा दिँदै भरतपुर आँखा अस्पताल

दश जिल्लामा सेवा दिँदै भरतपुर आँखा अस्पताल

चितवन, १४ कात्तिक । भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै आएको छ । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको अस्पतालले पाँच जिल्लामा अस्पताल र आँखा उपचार केन्द्रमार्फत र बाँकी पाँच जिल्लामा शिविरमार्फत सेवा दिँदै आएको छ । चितवनको भरतपुरमा केन्द्रीयस्तरको आँखा अस्पताल, शहरी क्लिनिक र पाँच ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा छ । नवलपुरको कावासोती, धादिङको सल्यानटार र बाराको स...
ओलम्पिक छनोट तयारीका लागि भएको मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली विजयी

ओलम्पिक छनोट तयारीका लागि भएको मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली विजयी

काठमाडौँ, १४ कात्तिक । ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मङ्गलबार साँझ भएको मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० गोलले पराजित गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले एक/एक गोल गरेका थिए । एन्फाका अनुसार खेलको १६औँ म...
विराटनगरमा आइसिटी एक्स्पो २०१८ हुने

विराटनगरमा आइसिटी एक्स्पो २०१८ हुने

विराटनगर । एजुकेशन, टेक्नोलोजी र इनोभेसनको स्लोगन सहित विराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस ६ गतेदेखि १० गते (तदनुसार २१ देखि २५ डिसेम्बर, २०१८) सम्म एक्स्पो आयोजना गर्न लागेको हो । प्रदेश न १ को प्रमुख शहर विराटनगरलाई सूचना प्रविधिको गन्तब्य बनाउने उदेश्य सहित एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोमा सूचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरु...
माथिल्लो तामाकोशीको शेयर बाँडफाँड

माथिल्लो तामाकोशीको शेयर बाँडफाँड

जिरी, १४ कात्तिक । आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर आइपीओ बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ । गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख ७६ हजा...
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी-रसुवागढी सडक कालोपत्र शुरू

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी-रसुवागढी सडक कालोपत्र शुरू

बेत्रावती, १४ कात्तिक । राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक कालोपत्र शुरु गरिएको छ । विदुर नगरपालिका–५ पिपलटारदेखि गङ्गट्टे बजारसम्मको करीब चार किमी सडक कालोपत्र गर्न थालिएको हो । मुआब्जा वितरण नगरी सडक विस्तारको काम अघि बढाएको भन्दै स्थानीयवासीले अवरोध पु¥याए पनि प्रहरीको सहयोगमा सडक कालोपत्र थालिएको ठेकेदार कम्पनी तुदी कन्स्ट्रक्शन...
एउटै मुद्धामा मलेसियाका पूर्व मन्त्री जेलमा, नेपालका मन्त्री सिंहासनमा

एउटै मुद्धामा मलेसियाका पूर्व मन्त्री जेलमा, नेपालका मन्त्री सिंहासनमा

काठमाडौं, १३ कात्तिक । अब नेपाली कामदार रोजगारीका लागि मलेसिया जाँदा कुनै शुल्क नलाग्ने भएको छ । नेपाल सरकार र मलेसियन सरकारबीच सोमबार समझदारी भएसँगै कामदारको टिकट, स्वास्थ्य परिक्षण, भिषा शुल्क, सुरक्षा जाँच लगाएतका खर्च रोजगारदाताले नै व्यहोर्ने छ । रोजगारीका लागि नेपालीको गन्तव्यका रुपमा मलेसिया पहिलो नम्बरमा छ । यसअघि म्यानपावरलाई बुझाउनु पर्ने पैसा बाहेक ‘बायोमेट्रिकसहित भीएलएन, माइग्राम्स...
वाइड बडीका कारण ऋणमा डुब्दै निगम, घाटा दैनिक एक करोडभन्दा माथि

वाइड बडीका कारण ऋणमा डुब्दै निगम, घाटा दैनिक एक करोडभन्दा माथि

काठमाडौं, १३ कात्तिक । व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एयरलाइन्स ऋणैऋणमा डुब्दै गएको छ। सुरुको ४५ दिनमै यी दुईटाको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो । यो दैनिक एक करोडभन्दा माथि हो । अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए । त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ करोड ६६ लाख नाघेको छ । कमाइको तेब्बर खर्च गराउने दुवै जहाजका लागि नयाँ गन्तव्य त...
३२ अर्बको लगानीमा गाई फार्म स्थापनाको तयारी

३२ अर्बको लगानीमा गाई फार्म स्थापनाको तयारी

पोखरा, १४ कात्तिक । गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३ मा फार्म खोल्न लागिएको हो । त्यसका लागि संघ सरकारले स्वीकृत दिइसकेको छ । प्रदेश सरकारले गाईपालनका लागि आवश्यक प्रक्रिया पूरा भएको भन्दै सहयोगका लागि चीनसँग सम्झौता गर्न पत्राचार गरिसकेको छ । वैदेशिक सहयोग भित्र्याउन संघ सरकारबाट अनिवार्य स्...
महतोको हत्यामा संलग्नलाई कारवाही गर्न कांग्रेसको माग

महतोको हत्यामा संलग्नलाई कारवाही गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली काङ्ग्रेसले सर्लाही रामनगर गाउँपालिका–४ का रामविलास महतोको हत्यामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेसले आज एक विज्ञप्तिमार्फत मृतकलाई शहीद घोषणा गर्न र उक्त घट्नाका घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको हो । विज्ञप्तिमा भनिएको छ, “सर्लाही रामनगर गाउँपालिका–४ का काङ्ग्रेसबाट विजयी वडा अध्यक्ष राम नरेश महतोको काका ५५ वर्षीय रामविलास महतो...
लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

परासी, १४ कात्तिक । पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वडा नं ९ भानुनगरमा जाँच गर्ने क्रममा युपी५६एए १८४१ नं को भारतीय मोटरसाइकलमा सवार सरावल गाउँपालिका–२ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँमा बस्ने २८ वर्षीय मुन्नीप्रसाद केवटबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । उनीह...
तिहार नआउँदै फूल फूलेपछि समस्या

तिहार नआउँदै फूल फूलेपछि समस्या

पोखरा, १४ कात्तिक । तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ । पछिल्लो समयमा फूलखेतीले पोखरा र आसपासका क्षेत्रमा व्यावसायिक रुप लिइसकेको छ । कास्कीका पोखरासहित भरतपोखरी, सिसुवा, लामाचौर, हेमजा, बाटुलेचौर लगायतका क्षेत्रमा व्यावसायिक रुपमा फूलखेती गरिँदै आएको छ । तिहारको समयमा पोखरामा लगभ...
राष्ट्रपति भण्डारीद्वारा कतारी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

राष्ट्रपति भण्डारीद्वारा कतारी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

कतार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल(कतार व्यावसायिक मञ्चलाई सम्बोधन गरेकी छन् । कतार भ्रमणको दोस्रो दिन व्यावसायिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न यहाँका उद्योगी व्यापारीलाई आग्रह गरेकी हुन् । नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष नाघिसकेको र दुई देशबीचको राजनीतिक तथा आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएकाले नेपाल र कतारबीच श्रम सम्बन...
२०७५ कात्तिक १४ गते बुधबार/आजको राशिफल

२०७५ कात्तिक १४ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक १४ गते। बुधबार। इश्वी सन् २०१८ अक्टोबर ३१ तारिख। नेपाल संवत् ११३८ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– सप्तमी, ११:५९ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) जटिल काम समेत सम्पादन हुनेछ। ईर्ष्या गर्नेहरूलाई मेहनतको जवाफ दिन सफल भइनेछ। टाढिएका आफन्तजन नजिकिनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आवेशमा काम गर्दा विवादमा परिने सम्भावना छ। बृष - ...
बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

लण्डन, १३ कात्तिक । बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् । डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप ह्यामण्डले उक्त प्रस्ताब गनुभएको हो । आर्थिक नियमले परिवर्तित व्यवसायिक विकल्पहरूलाई संगठित गर्ने बताउँदै उहाँले सोमबार बजेट भाषणमा बेलायती...
जर्मनेली नर्सद्वारा गैरकानूनी रूपमा एक सय बिरामी मारेको स्वीकार

जर्मनेली नर्सद्वारा गैरकानूनी रूपमा एक सय बिरामी मारेको स्वीकार

ओल्डेनवर्ग, जर्मनी, १३ कात्तिक । जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आरोपित होएगेलले आफ्नो पहिलो सुनुवाईमा उक्त कुरा स्वीकारेका हुन् । अन्य बिरामीको हत्या गरेको अभियोगमा यस पहिले नै आजिवन काराबासको सजायँ पाएका एकचालीस बर्षीय पूर्व नर्स...
बालिका बलात्कार अभियोगमा दुई वृद्ध पक्राउ

बालिका बलात्कार अभियोगमा दुई वृद्ध पक्राउ

भक्तपुर, १३ कात्तिक । आज १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले दुई वृद्धलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिषर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको छ । पीडित बालिकालार्ई यही कात्तिक ३ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले यही कात्तिक ११ गते उजूरी दिएपछि प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढ...
अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा

अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा

काठमाडौँ, १३ कात्तिक । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घसँग आबद्ध कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि तीन दिनदेखि धर्ना दिँदै आएका छन् । विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय, कार्यालय र जिल्लाअन्तर्गतका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुले २४० दिन काम गरेकालाई स्थायी प्रक्रियामा सामेल गराउन माग गर्दै धर्ना दिएका हुन् । नयाँ संरचनानु...
कतारले नेपालमा सीपविकास कार्यालय खोल्ने

कतारले नेपालमा सीपविकास कार्यालय खोल्ने

कतार, १३, कार्तिक । नेपाली कामदारको आकर्षक र सहज गन्तव्य बनेको कतारले नेपाली अदक्ष कामदारको सीप विकास गर्न नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ। उक्त कार्यालयले अदक्ष कामदारहरूलाई विभिन्न सीमपूलक तालिम दिनेछ । त्यसै गरी सो कार्यालयबाट नेपाली श्रमिकहरूको छनौट, स्वास्थ्य परीक्षण र वीमा लगायत एकीकृत सेवा प्रदान गरिने छ । कतारको भ्रमणमा रहनु भएका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका प्रशा...
नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

कतार, १३, कार्तिक । नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी बाहकलाई प्रवेशआज्ञाविना आवाजजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ। सो सहमतिपत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका तर्फबा...
चुरे विनाश राष्ट्रिय समस्या: पूर्व राष्ट्रपति डा यादव

चुरे विनाश राष्ट्रिय समस्या: पूर्व राष्ट्रपति डा यादव

धनुषा, १३ कात्तिक । पूर्व राष्ट्रपति डा रामवरण यादवले चुरे विनाश राष्ट्रिय समस्या भएको हुँदा स्थानीय, प्रदेश र सङ्घीय तीनै सरकारले गम्भीरतापूर्वक लिनुपर्ने धारणा व्यक्त गर्नु भएको छ । आज जनकपुरस्थित सिद्धार्थ शिशु सदनमा आयोजित ‘सफा जनकपुर हरित जनकपुर तथा चुरे संरक्षण’ अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै नेपालको प्रथम तथा पूर्व राष्ट्रपति डा रामवरण यादवले भन्नुभयो, “चुरे विनाश गर्नुमा सङ्घीय ...
भुटानको विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रमा

भुटानको विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रमा

लमजुङ, १३ कात्तिक । भुटानको कृषि क्षेत्रका विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रको अवलोकन/अनुगनमका लागि लमजुङ आइपुगेको छ । भुटानमा कृषि क्षेत्रमा काम गर्ने १४ जनाको विज्ञ टोली लमजुङका विभिन्न क्षेत्रमा लगाइएको अलैँची बगानमा तीन दिनसम्म रहेन छन् । अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङले उक्त टोलीलाई लमजुङको अलैँचीको बारेमा जानकारी प्रदान गर्नेछ । आधुनिक अलैँची भट्टी निर्माण, बगानमा अलैँची ल...
मृत्युको कारण बन्दै मस्तिष्काघात, मस्तिष्काघात हुन नदिन के गर्ने त ?

मृत्युको कारण बन्दै मस्तिष्काघात, मस्तिष्काघात हुन नदिन के गर्ने त ?

काठमाडौँ, १३ कात्तिक । ‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी आज विश्व मस्तिष्काघात दिवस नेपालमा पनि मनाइयो । मस्तिष्काघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भई स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग÷अङ्गमा कमजोरी देखिने अवस्थालाई जनाउँछ । मस्तिष्काघातले निम्त्याउने अपाङ्गताले बिरामीलाई चाहिने स्याहारसुसार, पारिवार...
नोबेलको शिविरबाट ७ सय बिरामीले पाए निःशुल्क उपचार

नोबेलको शिविरबाट ७ सय बिरामीले पाए निःशुल्क उपचार

विराटनगर, १३ कात्तिक । नोबेल शिक्षण अस्पतालले मोरङको बेलवारी र सुन्दरहरैचामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ७ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । बेलवारी–४ कसेनी मावि र सुन्दरहरैचा–१० खोर्सानेमा शिविर सञ्चालन गरी ७ सय ४७ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । कसेनी माविमा सञ्चालित शिविरबाट ४ सय ३५ जना र खोर्सानेमा सञ्चालित शिविरमा ३ सय १२ जना बिरामीको निः...
नेपाल–चीन सांस्कृतिक सम्मेलन शुरु

नेपाल–चीन सांस्कृतिक सम्मेलन शुरु

काठमाडौँ, १३ कात्तिक । नेपाल–चीन सांस्कृतिक सहयोगअन्तर्गत अनुवाद र प्रकाशनसम्बन्धी दुईदिने सम्मेलन यहाँ शुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वैदिक ज्ञान र सभ्यताको उद्गमस्थल नेपालले चार हजार वर्ष पुरानो इतिहास बोकेको चीनले गरेको विका...
अञ्जली दिदीले काष्ठमण्डप बाहिरै भाइटीका लगाउने

अञ्जली दिदीले काष्ठमण्डप बाहिरै भाइटीका लगाउने

काठमाडौँ, १३ कात्तिक । तीन वर्षसम्म पनि काष्ठमण्डप पुनःनिर्माण नभएकाले आउँदो तिहारमा पनि अञ्जली मास्केले मन्दिर बाहिरै भाइटीका लगाउने तयारी गर्नुभएको छ । दिदीबहिनी नभएका दाजुभाइलाई बीस वर्षदेखि निरन्तर टीका लगाउँदै आउनुभएकी अञ्जली दिदीले वसन्तपुरस्थित काष्ठमण्डप भित्रको गोरखनाथ मन्दिर वरिपरि सबैलाई राखेर टीका लगाउँदै आउनुभएको थियो । विसं २०५५ देखि टीका लगाउन शुरु गर्नुभएका उहाँले अहिलेसम्म चार ...
निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन

निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन

काठमाडौँ, १३ कात्तिक। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नयाँ ‘वाइडबडी’ विमानले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । निगमको पहिलो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ र दोस्रो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलजेट’ कलसाइन ‘मकालु’ विमानले पुरानै गन्तव्यमा व्यावसायिक उडान गरिरहेको हो । अन्तर्राष्ट्रिय उडानमा पुरानै गन्तव्यमा उडान भर्दै आएका नयाँ विमानको पछिल्लो महीनामा ७४ ...
बलात्कारका दोषीलाई अमेरिकामा घातक सुई लगाएर मृत्युदण्ड दिइयो

बलात्कारका दोषीलाई अमेरिकामा घातक सुई लगाएर मृत्युदण्ड दिइयो

वासिङ्टन, १३ कात्तिक । अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ । रोड्नी बर्गेट नामका ती व्यक्तिले सन् २०१२ मा जेल तोडेर भाग्ने असफल प्रयासमा जेलका एकजना सुरक्षागार्डको हत्या गरेका थिए । उनीमाथि दुईवटा हत्या प्रयास र एउटा बलात्कारमा समेत दोषी पाइएको थियो । उनका दाजुलाई समेत कार चोरी गर्नेक्रममा ...
राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेटवार्ता

राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेटवार्ता

कतार, १३, कार्तिक । कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच अमिरी दिवानमा भेटवार्ता भएको छ । यस अघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवान (कतारी अमिरको दरवार) मा यहाँको सैनिक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । भेटवार्तामा दुई देशका बीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विष...
यौनजन्य हिंसाबाट जोगिन प्रदेशस्तरीय आत्मरक्षा तालीम

यौनजन्य हिंसाबाट जोगिन प्रदेशस्तरीय आत्मरक्षा तालीम

पोखरा, १३ कात्तिक । पछिल्लो समय महिलामाथि बढ्दै गएको यौनजन्य हिंसाबाट जोगिन प्रदेशस्तरीय आत्मरक्षा तालीम अभियानका रुपमा अघि बढाइएको छ । विभिन्न विद्यालयमा सञ्चालन भइरहेको आत्मरक्षा तालीम सोमबारदेखि पोखराको टुँडिखेलस्थित राष्ट्रिय माविमा शुरु भएको छ । इम्पावर ओमेन एण्ड चिल्ड्रेन नेपाल इवाचको समन्वयमा भएको तालीममा गण्डकी प्रदेशका सांसद रामजी बरालले सामाजिक विकृति र विसङ्गति विरुद्ध लड्न आत्मबल जर...
न्यूजिल्यान्डमा ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प

न्यूजिल्यान्डमा ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प

वेलिङ्टन, १३ कात्तिक । न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् । वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पलगत्तै सांसदहरुले छलफल बीचमै स्थगित गरेर सुरक्षित स्थानमा गएका थिए । अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ६.१ म्याग्नीच्यूडको रहेको जनाएको छ । वेलिङ...
error: Content is protected !!