संगालोखबर सम्वाददाता

विराटनगर, १३ कात्तिक । नोबेल शिक्षण अस्पतालले मोरङको बेलवारी र सुन्दरहरैचामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ७ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । बेलवारी–४ कसेनी मावि र सुन्दरहरैचा–१० खोर्सानेमा शिविर सञ्चालन गरी ७ सय ४७ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

Advertisement

कसेनी माविमा सञ्चालित शिविरबाट ४ सय ३५ जना र खोर्सानेमा सञ्चालित शिविरमा ३ सय १२ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । कसेनीको शिविरमा १ सय ५३ जना बिरामीको भिडियो एक्सरे, १ सय २० जना बिरामीको ल्यावटेष्ट र ४१ जना बिरामीको ईसीजी गर्नुका साथै ६१ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ ।

यता खोर्सानेको शिविरमा ३५ जनाको भिडियो एक्सरे, १३ जनाको ईसीजी र १ सय १ जनाको ल्यावटेष्ट गरिएको छ । शिविरमा उपचार सम्भव नभएका २७ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको जनसम्पर्क अधिकृत दाहालले बताए । शिविरमा मेडिसिन, स्त्री, बाल, नाक कान घाँटी, आँखा, दन्त, हाडजोर्नी तथा नसा, छाला, मानसिक लगायत रोगको उपचार गरिएको छ ।

नाफामुखी भन्दापनि सेवामुखी भावले सेवा उपलब्ध गराउँदै आएको नोबेल अस्पतालले ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अस्पताल सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!