वासिङ्टन, १३ कात्तिक । अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ ।

रोड्नी बर्गेट नामका ती व्यक्तिले सन् २०१२ मा जेल तोडेर भाग्ने असफल प्रयासमा जेलका एकजना सुरक्षागार्डको हत्या गरेका थिए । उनीमाथि दुईवटा हत्या प्रयास र एउटा बलात्कारमा समेत दोषी पाइएको थियो ।

Advertisement

उनका दाजुलाई समेत कार चोरी गर्नेक्रममा एकजनाको हत्या गरेको दोषी प्रमाणित भएपछि १८ वर्षअघि ओक्लाहोमा राज्यमा मृत्युदण्ड दिइएको थियो ।

अदालती सुनुवाईका क्रममा बर्गेटले आफू मृत्युदण्डको सजाय पाउन योग्य रहेको बताएका थिए । तैपनि अपिलका कारण उनको सजायमा ढिलाई भएको थियो । तर सन् २०१६ मा उनले अपिल फिर्ता लिएका थिए । उनले अपिल फिर्ता लिनेक्रममा जेलको कठघरामा अरु ३० वर्ष बिताउन नचाहेको बताएका थिए ।

सन् १९७६ मा साउथ डकोटा राज्यमा मृत्युदण्ड सम्बन्धी सजाय दिने कानुन पुनः जीवित गरिएपछि राज्यमा यो चौथो मृत्युदण्डको सजाय हो । उनका दाजु रोजर बर्गेटलाई एक शिक्षकको हत्यामा दोषी ठहर गरी ३९ वर्षको उमेरमा ओक्लाहोमामा सन् २००० मा मृत्युदण्ड दिइएको थियो ।

अमेरिकी सञ्चार माध्यमहरुले दुवै दाजुभाइ मदिरा सेवन र हिंसाको पृष्ठभूमिमा हुर्किएको बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!