पोखरा, १३ कात्तिक । पछिल्लो समय महिलामाथि बढ्दै गएको यौनजन्य हिंसाबाट जोगिन प्रदेशस्तरीय आत्मरक्षा तालीम अभियानका रुपमा अघि बढाइएको छ । विभिन्न विद्यालयमा सञ्चालन भइरहेको आत्मरक्षा तालीम सोमबारदेखि पोखराको टुँडिखेलस्थित राष्ट्रिय माविमा शुरु भएको छ ।

Advertisement

इम्पावर ओमेन एण्ड चिल्ड्रेन नेपाल इवाचको समन्वयमा भएको तालीममा गण्डकी प्रदेशका सांसद रामजी बरालले सामाजिक विकृति र विसङ्गति विरुद्ध लड्न आत्मबल जरुरी छ भने । उनले भने, “कुनै व्यक्ति सफल हुन सहि विचार, साहस र विधिको प्रयोगले मात्र सम्भव हुन्छ ।”

पोखरा महानगरपालिका–१ का वडाध्यक्ष शारदाकुमारी पराजुलीले इच्छा शक्ति भएमा मात्र आत्मविश्वास र आत्मबल बढ्ने बताए। विद्यालयका प्रधानाध्यापक वेदप्रसाद वस्तीले समस्या देखेर भाग्ने होइन आफ्नो सुरक्षा गर्न सक्ने क्षमताको विकास गर्न विद्यालयमा तालीमको आयोजना गरिएको बताए ।

तीन दिनसम्म चल्ने सो तालीममा तेक्वान्दो खेलाडी जीवन खाँतीले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणमा आकस्मिकरुपमा कसैबाट हुनसक्ने आङ्क्रमणबाट कसरी आत्मरक्षा गर्न सकिन्छ भन्ने विधिका बारेमा सिकाइने प्रशिक्षक खाँतीले जानकारी दिए ।

तालीममा कक्षा १० मा अध्ययनरत ५० छात्राको सहभागिता छ । तालीम प्रदेशका अन्य सामुदायिक तथा निजी विद्यालयसम्म पु¥याउने इवाच नेपालकी अध्यक्ष सुमिता बस्नेतले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!