संगालोखबर संवाददाता

विराटनगर । एजुकेशन, टेक्नोलोजी र इनोभेसनको स्लोगन सहित विराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस ६ गतेदेखि १० गते (तदनुसार २१ देखि २५ डिसेम्बर, २०१८) सम्म एक्स्पो आयोजना गर्न लागेको हो । प्रदेश न १ को प्रमुख शहर विराटनगरलाई सूचना प्रविधिको गन्तब्य बनाउने उदेश्य सहित एक्स्पोको आयोजना गरिएको हो ।

Advertisement

एक्स्पोमा सूचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरु, प्रडक्ट र सेवाहरु प्रदर्शनमा रहेनेछन । आइटी शिक्षा, ज्ञान, आविस्कार र उद्यमशिलतालाई एक्स्पोमा प्रवद्र्धन गरिनेछ । विराटनगर स्थित जैन भवनमा आयोजना हुने एक्स्पोमा १ सयभन्दा बढि स्टलहरु रहनेछन । प्रदेश १ का सूचना प्रविधिमा कार्यरत कम्पनी, कलेज तथा सस्थाहरु सहित काठमाण्डौबाट अन्तराष्ट्रिय प्रडक्ट तथा ब्राण्डको प्रदर्शनीमा सहभागिता रहनेछ ।

५० प्रतिशत कर्मशियल आइटी प्रडक्ट तथा सेवाहरुको स्टल रहनेछन भने ५० प्रतिशत स्टलहरु आइटी शिक्षा, इनोभेसन, स्टार्टअप, रोबोट, गेमिङ जोन सहितका साइन्स एक्जिविसनमा केन्दि«त हुनेछन । कमर्शियल स्टलहरुमा स्मार्ट प्रविधि, ल्यापटप, ग्याजेट्स, इन्टरनेट, सेक्युरिटी प्रडक्टहरुसँगै सफ्टवेयर, एप्लिकेशनहरु रहनेछन । नयाँ प्रविधिहरुको विशेष प्रदर्शनी हुने यस एक्स्पोमा स्थानिय आइटी स्टार्टअप तथा उद्यमशिलतालाई प्रवद्धन गर्न ५ वटा स्टल निशुल्क उपलब्ध गराइनेछ । यसको लागि स्टार्टअप कम्पनीहरुले अनलाइन आवेदन दिन सक्नेछन ।

नेपालमा प्रविधि क्षेत्रकै सबैभन्दा ठूलो आइसिटी अवार्डसमेत आयोजना गरिरहेको लिभिङ विथ आइसिटीले विगत ७ वर्षदेखि सूचना प्रविधिमा आधारित म्यागजिन प्रकाशन गरिरहेको छ । विराटनगरबाटै शुरु भएको सूचना प्रविधि क्षेत्रमा लिभिङ विथ आइसिटी सचेतनाु अभियान अब प्रदर्शनी मार्फत अझ बृहत हुनेछ ।

उक्त अवसरमा स्थानिय निकायहरुलाइ समेटेर डिजिटल गभर्नेन्स र स्मार्ट सिटी सम्बन्धी वर्कसप, कन्फ्रेन्स समेत सञ्चालन हुनेछन् । एक्स्पोमा आइसिटी अवार्डका विजेताहरुले समेत नयाँ प्रविधिहरुको प्रदर्शन गर्नेछन ।

काठमाण्डाैं सहित प्रदेश १ र २ का २ लाखभन्दा बढिले उक्त प्रदर्शनीको अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ । एक्स्पोमा आजैदेखि स्टल तथा स्पोन्सर बुकिङ खुल्ला गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement