युवा स्वरोजगार कोषमा वक्यौता उठेन
काठमाडौँ, १३ कात्तिक । बेरोजगार युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ सरकारले स्थापना गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेको रु ५१ करोड ६८ लाख ६४ हजार ४४१ रकम उठाउन पहल गरेको छैन ।
विभिन्न सहकारी संस्था वा व्यक्तिलाई स्वरोजगारका लागि भन्दै लगानी गरेको रकम उठाउन नसक्दा कोषको अवस्था समेत खराब हुने अवस्थामा पुगेको छ । कोषले आर्थिक वर्ष २०७३/७४ सम्म रु चार अर्ब ९२ करोड तीन लाख १५ ...





























