गोरखा सैनिकको समस्या समाधानमा कूटनीतिक पहल गर्न माग

गोरखा सैनिकको समस्या समाधानमा कूटनीतिक पहल गर्न माग

काठमाडौँ, १५ कात्तिक । गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले गोरखा सैनिकमाथि विभेद र सुविधा असमान भएको विषयमा नेपाल सरकार, बेलायत सरकार र गोरखा सैनिकबीचको सहमतिअनुसार वार्ता टोली बनाई कूटनीतिक पहल गर्न माग गरेको छ । गेसोले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी बेलायत सरकारले गोरखा सैनिकमाथि विभेद र असमानता भएको स्वीकार गर्दै एक महीनाभित्र वार्ता समिति निर्माण गरेर समस्या समाधान गर्ने भनिएको छ महीन...
जापान जान चाहनेले अनलाइनबाट भाषा परीक्षा दिन पाउने

जापान जान चाहनेले अनलाइनबाट भाषा परीक्षा दिन पाउने

काठमाडौँ, १५ कात्तिक । जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन पिजेसी ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी दिए । कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि त...
अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्वतीय पर्यटनमा आशा जाग्दै

अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्वतीय पर्यटनमा आशा जाग्दै

काठमाडौँ, १५ कात्तिक । नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न अपरिहार्य महसुस गरिएको छ । विश्वको सर्वौच्च शिखर सगरमाथालगायतका अन्य हिमाल नयाँ पर्यटकीय उत्पादन पर्वतीय पर्यटनका लागि आशालाग्दो क्षेत्र प्रमाणित हुने निर्विवाद छ । प्रचारप्रसारको अभावमा अन्तर्राट्रिय जगत्मा नेपालका पर्यटकीय सम्भावना भएका पर्वतीय पर्यटनको बजारीकरण एवं प्...
माथिल्लो तामाकोशीको शेयर बिक्री शुरु

माथिल्लो तामाकोशीको शेयर बिक्री शुरु

काठमाडौँ, १५ कात्तिक । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर आइपिओ आजदेखि बिक्री शुरु गरेको छ । आयोजना प्रभावित दोलखावासीलाई साधारण शेयर बिक्री र बाँडफाँट गरिसकेको छ । बुधबार मात्रै कम्पनीले दोलखावासीलाई साधारण शेयर बाँडफाँट गरेको हो । कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । धितोपत्र निष्काशन छिटोमा यही कात्तिक १९...
पाँचथरमा नेपाल–भारत सीमा क्षेत्र अनुगमन

पाँचथरमा नेपाल–भारत सीमा क्षेत्र अनुगमन

पाँचथर, १५ कात्तिक। पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो । अनुगमनमा सांसद वसन्तकुमार नेम्बाङ, जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा, प्रजिअ प्रकाचन्द्र अधिकारी, गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरे, तीनवटै सुरक्षा निकायका प्रमुखलगायतको टोलील...
महोत्तरीमा तीन जनाको शव बरामद

महोत्तरीमा तीन जनाको शव बरामद

गौशाला, १५ कात्तिक । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बुधबार तीन जनाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरीको विभिन्न तीन स्थानमा विभिन्न घटनामा बुधबार तीन जनाको मृत्यु भएको अवस्थामा शव बरामद भएको हो । उहाँका अनुसार जिल्लाको लोहारपट्टि नगरपालिका–३ महदैया गाउँमा स्थानीय रामसोगारथ यादवको भुस राख्ने घरको ब...
सासू–बुहारी बेपत्ता पछि बुहारी मृत फेला

सासू–बुहारी बेपत्ता पछि बुहारी मृत फेला

बैतडी, १५ कात्तिक । बैतडीमा सासू–बुहारी बेपत्ता भएकोमा बुहारी आज मृत फेला परेकी छन् भने सासू बेपत्ता रहेकी छन् । मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउँगाउँकी ३० वर्षीया निर्मला भट्ट रहेकी खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो । बेपत्ता हुनेमा मृतक निर्मलाकी सासू ५२ वर्षीया पार्वती भट्ट रहेकी छन् । बुधबार घाँस काट्न भनेर घरबाट निस्के...
सिरियामा १५ सय जनाको सामूहिक चिहान भेटियो

सिरियामा १५ सय जनाको सामूहिक चिहान भेटियो

दमास्कस । सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ । सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लामिक स्टेट (आईएस) लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तमा रहेको पत्ता लागेको अल वाटन नामक पत्रिकाले बुधबार लेखेको छ । सरकार पक्षीय सो पत्रिकाले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा अमेरिकी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी उनीहरू मारिएको उल्लेख छ । रक्वालाई कब्...
रौतहटमा दुई पुरुषको शव भेटियो

रौतहटमा दुई पुरुषको शव भेटियो

रौतहट, १५ कात्तिक । जिल्लाको छुट्टाछुट्टै स्थानमा दुईजना पुरुषको शव बरामद भएको छ । गौर चन्द्रपुर सडकखण्डको गरुडा नगरपालिका–८ जिंगडिया टोल र माधवनारायण नगरपालिका–६ मा एक–एक गरी दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुर्भुज ओझाका अनुसार गौर चन्द्रपुर सडकखण्डअन्तर्गत जिंगडिया नजीक मूल बाटो छेउको नालामा डुबेको अवस्थामा अन्दाजी ३५ वर्षका पु...
राष्ट्रपति भण्डारी आज साँझ स्वदेश फर्कदै

राष्ट्रपति भण्डारी आज साँझ स्वदेश फर्कदै

कतार, १५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कदै हुनुहुन्छ । मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा आउनु भएको हो। कतारमा रहदा राष्ट्रपति भण्डारीसँग कतारका अमिर लगायत यहाँका सरकारी उच्च अधिकारीहरूको भेटवार्ता भएको थियो। स...
प्रधानमन्त्रीको स्वास्थ्यबारेमा भ्रामक समाचार सम्प्रेषण गर्ने पक्राउ

प्रधानमन्त्रीको स्वास्थ्यबारेमा भ्रामक समाचार सम्प्रेषण गर्ने पक्राउ

काठमाडौँ, १५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडाँै कागेश्वरी मनहरा नगरपालिका–८ बस्दै आएका स्याङ्जा हरिनाथ गाउँपालिका–६ का ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई प्रहरीले पकाउ गरी आज सार्वजनिक गरेको हो । पाथीभरा अनलाइन डटकममा प्रधानमन्त्रीविरुद्ध भ्रमपूर्ण समाचार स...
निर्मला हत्या प्रकरण: शङ्कास्पद चारको डिएनए परीक्षणका लागि नमूना सङ्कलन

निर्मला हत्या प्रकरण: शङ्कास्पद चारको डिएनए परीक्षणका लागि नमूना सङ्कलन

कञ्चनपुर, १५ कात्तिक । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शङ्कास्पद चारको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरेको छ । महाकाली अञ्चल अस्पतालमा नमूना सङ्कलन गरी दुई दिन अघि डिएनए परीक्षणका लागि काठमाडौँस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओ...
राष्ट्रपति भण्डारीद्वारा कतारमा रहेका नेपालीहरूलाई सम्बोधन

राष्ट्रपति भण्डारीद्वारा कतारमा रहेका नेपालीहरूलाई सम्बोधन

कतार, १५, कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गर्नु भएको छ । कतारको औपचारिक भ्रमणको सिलसिलामा गैरआवासीय नेपाली कतार शाखा, कतार-नेपाल मैत्री संघ लगायत संस्थाका प्रतिनिधि र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति रहेको सो कार्यक्रममा राष्ट्रपति भण्डारीले अब नेपालीले तन, मन र धन खर्चेर नेपाल बनाउने समय आएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नु भएक...
नेपालका चार खेलाडी आइसिसीको बरियतामा

नेपालका चार खेलाडी आइसिसीको बरियतामा

काठमाडौँ, १५ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् । नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषवाकर तथा बलरहरू सोमपाल कामी र वसन्त रेग्मी पर्न सफल भएका हुन् । ब्याटिङतर्फ कप्तान पारस ...
प्राविधिक शिक्षाका लागि मदन भण्डारी स्मृति प्रतिष्ठानलाई पाँच लाख

प्राविधिक शिक्षाका लागि मदन भण्डारी स्मृति प्रतिष्ठानलाई पाँच लाख

उर्लाबारी, १५ कात्तिक । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरका विपन्न विद्यार्थीको प्राविधिक शिक्षाका लागि उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले खडा गरेको कोषलाई सहयोग स्वरूप रु पाँच लाख उपलब्ध गराएको छ । नगरपालिका कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र प्रतिष्ठानका रोजगार परामर्श तथा बजारीकरण अधिकृत भुवनकुमार धिमालबीच...
३२ हजार सरकारी कर्मचारी फेरि उत्रिए आन्दोलनमा

३२ हजार सरकारी कर्मचारी फेरि उत्रिए आन्दोलनमा

काठमाडौं, १५ कात्तिक । सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रूपमा कार्यरत ३२ हजार कर्मचारी पुन: आन्दोलनमा उत्रिएका छन्। सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालय, मन्त्रालय मातहत ती कर्मचारी सिंहदरबार केन्द्रित आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले सामान्य प्रशासन मन्त्रालयमा बुधबार धर्ना दिए। नयाँ संरचनाअनुसार समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो रोजीरोटीको...
व्यवसाय गर्न नेपाल दक्षिण एसियाकै चौथो सहज देश

व्यवसाय गर्न नेपाल दक्षिण एसियाकै चौथो सहज देश

काठमाडाैं, १५ कात्तिक  । व्यवसाय गर्नका लागि नेपाल दक्षिण एसियाको चौथो सहज देश रहेको प्रतिवेदन विश्व बैंकले सार्वजनिक गरेको छ । विश्व बैंक समुहले बुधबार सार्वजनिक गरेको डुइङ विजनेस २०१९ को ट्रेनिङ फर रिफर्म रिपोर्टमा दक्षिण एसियामा भारत, भुटान र श्रीलंकापछि नेपाल चौथो नम्बरमा छ ।,आजको कारोवार दैनिकमा यो खबर छ । गत बर्ष विश्वको १०५ औँ स्थानमा रहे पनि नेपालको अवस्था अझ खस्किएको हो । यस्तै, दक्ष...
भाइटीकाको साइत सार्वजनिक

भाइटीकाको साइत सार्वजनिक

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। समितिको बुधबार बसेको बैठकले यही कार्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए। समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ। यस वर्ष यमपञ्चक अर्थात तिहार कार्तिक १९ गतेदेखि शुरु हुँदैछ। कार्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दि...
विश्वको शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औँ स्थानमा

विश्वको शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औँ स्थानमा

काठमाडाैं, १५ कात्तिक  नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वका पासपोर्टमध्ये ७९ औँ स्थानमा परेको छ । ग्लोबल पासपोर्ट पावर र्यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत बर्षकै अवस्थामा रहेर उक्त स्थान प्राप्त गरेको हो । आजको नागरिक दैनिकमा  खबर छ । नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिसा लिनु नपर्ने, ३४ मा आगमन भिसा लाग्ने र १५१ मा भिसा आवेदन गरी पाएपछि श्रेणी निर्धारण गरिएको छ । प...
तेस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

तेस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडाैँ । ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तिम मैत्रीपूर्ण खेलमा आज हार व्यहाेरेकाे छ । बुधबार साँझ भएको खेलमा नेपाल बेइजिङ फोनिक्स महिला टोलीसँग २–१ गाेलकाे झिनाे ले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालका लागि सावित्रा भण्डारीले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकिनन् । बेइजिङ फोनिक्ससँग नेपालको यो लगातार दोस्रो हार ...
२०७५ कात्तिक १५ गते बिहीबार/आजको राशिफल

२०७५ कात्तिक १५ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक १५ गते। बिहीबार। इश्वी सन् २०१८ नोभेम्बर १ तारिख। नेपाल संवत् ११३८ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– अष्टमी, ९:३६ बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले तत्काललाई काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। अरूको व्यवहारले शंका उब्जाए पनि...
शहीदकप फुटवल प्रतियोगितामा ६ खेल सम्पन्न

शहीदकप फुटवल प्रतियोगितामा ६ खेल सम्पन्न

धनकुटा, १४ कात्तिक । मितेरी युवा क्लवको आयोजनामा शहीदभूमि गाउँपालिका–१ छिन्ताङ्गमा जारी छैटौं छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगिताको चौथो दिन वुधवार ६ खेल सम्पन्न भएको छ । घंगरु फूटबल क्लव र चिम्राहा फूटबल क्लव, देउराली युवा क्लव धनकुटा र तल्लो हाङगुवा ए, तल्लो हाङगुवा बी र नमुना युवा क्लव तित्रे, तमोर फूटबल क्लव साँगुरीगढी र हर्दिया आहाले साँगुरीगढी, सरस्वती युवा क्लव गोपालपुर र सहारा युवा क्लव ...
राष्ट्रपति भण्डारी कतार फाउण्डेसनको कार्क्रममा सरिक

राष्ट्रपति भण्डारी कतार फाउण्डेसनको कार्क्रममा सरिक

कतार, १४, कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन आज दोहास्थित कतार फाउण्डेसनले आयोजना गरेको कार्यक्रमा सरिक हुनु भएको छ। राष्ट्रपति भण्डारीलाई त्यस फाउण्डेसनकी कार्यकारी अधिकृत शेख हिन्द बिन्द खालिफा अल थानीले स्वागत गर्नु भएको थियो । उक्त फाउण्डेसन अन्तर्गत विभिन्न विश्वविद्यालय तथा शिक्षालयहरू सञ्चालित छन् जहाँ ९० भन्दा बढी देशका विद्यार्थीहरू विभिन...
उदयपुरमा सुन्तला, तेजपात उत्पादन क्षेत्र निर्माण अभियान शुरु

उदयपुरमा सुन्तला, तेजपात उत्पादन क्षेत्र निर्माण अभियान शुरु

गाईघाट , १४ कात्तिक । ग्रामीण भेगका जनताको आधुनिक कृषि क्षेत्रबाट दिगो आर्थिक विकास गर्दै स्वरोजगार र आम्दानी बढाउनका लागि उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको रौताक्षेत्रका विभिन्न वडालाई सुन्तला र तेजपात उत्पादन पाकेट क्षेत्रको रुपमा विकास गरिने अभियान शुरु भएको छ । रौता वडा नं –२ आँपटार, र पोखरेमा मात्र व्यावसायिक सुन्तलाखेती र रौता– १ को मुर्कुची तथा– ४ वडाको नामेटार, बोलुङ्खा,मलवासे क्षेत्...
मुक्तकमैया र हलिया सबैलाई यसै वर्ष पुनःस्थापना गरिने

मुक्तकमैया र हलिया सबैलाई यसै वर्ष पुनःस्थापना गरिने

काठमाडौँ, १४ कात्तिक । सरकारले यसै आर्थिक वर्षमा मुक्तकमैया र हलियाको पुनःस्थापनाको काम सकिने भएको छ । मुक्तकमैया र हलिया घोषणा भएको धेरै समय भए पनि उनीहरुको पुनःस्थापना हुन सकेका थिएन । पहिले बजेट अभावको कारणले मुक्त घोषणा गरिए पनि पुनःस्थापना हुन सकेको थिएन । चालु आर्थिक वर्षमा सरकारले पुनःस्थापना हुन नसकेका मुक्तकमैया र हलियालाई पुनःस्थापना गर्ने गरी बजेट विनियोजन गरेका कारण अब उनीहरुको पुनः...
पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने

पोखरा, १४ कात्तिक । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताएका छन । नेपाल पर्यटन बोर्डको आयोजना एवं आइडिया इनोभेसनको संयोजनमा आज पोखरामा पर्यटन उद्यमी सिड क्याम्पको शुभारम्भ गर्दै उनले पोखराका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्न केन्द्रस्तरबाटै यसलाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको बताए । प्रकृति र संस्कृतिले ...
गुजरातमा विश्वकै अग्लो स्मारक अनावरण गरिँदै, स्थानीयको विरोधकाबीच प्रहरीको कडा सुरक्षा

गुजरातमा विश्वकै अग्लो स्मारक अनावरण गरिँदै, स्थानीयको विरोधकाबीच प्रहरीको कडा सुरक्षा

भारत, १४ कात्तिक । भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको अनावरणका लागि बुधबार भव्य तयारी गरिएको छ । उक्त स्मारक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अनावरण गर्न लाग्नुभएको हो । सो अनावरण कार्यक्रममा भारतीय प्रहरीले व्यापक सुरक्षा प्रदान गरेको समाचारमा जनाइएको छ । सो स्मारक भारतीय स्वतन्त्रता सेनानी वल्लभ भाई पटेलको हो । उनको स्मारक करिब चार वर्ष लगाएर बनाइएको छ ...
अफगानिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु

अफगानिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु

हेरात, अफगानिस्तान, १४ कात्तिक। अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो । हेलिकप्टरमा चालक दलका दुई सद...
प्रदेश नं १ योजना आयोगमा प्याकुरेल

प्रदेश नं १ योजना आयोगमा प्याकुरेल

विराटनगर, १४ कात्तिक । प्रदेश नं १ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन गर्ने लगायत विभिन्न १२ वटा निर्णय गरेको छ । बैठकले आयोगका उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुबोधराज प्याकुरेल तथा सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्त गरेको छ । बैठकपछि सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेश नं १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययितासम्बन्धी निर्देशिका २०७५ तथा ...
जम्मु–काश्मिर समस्या समाधान जनमतसङ्ग्रहबाट हुनुपर्नेमा जोड

जम्मु–काश्मिर समस्या समाधान जनमतसङ्ग्रहबाट हुनुपर्नेमा जोड

काठमाडौँ, १४ कात्तिक । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति पाकिस्तानी सरकार एवम् जनता आभारी भएको बताएका छन । पाकिस्तानी राजदूतावासमा आज ‘जम्मु–काश्मिर विवाद र मानवअधिकार उल्लङ्नका घटनामा वृद्धि’ विषयमा आयोजित प्रवचन कार्यक्रममा उनले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि दुई देशबीचको सम्बन्ध सुदृढ रहेको बताए । राजदूत मजहरले भने, “दुवै देशले एकअ...
मनकामना दर्शन गर्ने भारतीय पर्यटक बढे

मनकामना दर्शन गर्ने भारतीय पर्यटक बढे

चितवन, १४ कात्तिक । मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ । गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए पनि अधिकांश पर्यटकले केबुलकारको यात्रा गर्ने गर्दछन् । सो केबुलकार सञ्चालन गर्दै आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीना...
error: Content is protected !!