काठमाडौँ । नेपाली काङ्ग्रेसले सर्लाही रामनगर गाउँपालिका–४ का रामविलास महतोको हत्यामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।

काङ्ग्रेसले आज एक विज्ञप्तिमार्फत मृतकलाई शहीद घोषणा गर्न र उक्त घट्नाका घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको हो ।

Advertisement

विज्ञप्तिमा भनिएको छ, “सर्लाही रामनगर गाउँपालिका–४ का काङ्ग्रेसबाट विजयी वडा अध्यक्ष राम नरेश महतोको काका ५५ वर्षीय रामविलास महतोलाई नेकपाका कार्यकर्ताहरुले गोली हानी हत्या गरेका छन्, उनीहरुले एक्कासी कुटपिट र गोली चलाएका थिए ।”

गोली लागेर सोही वडाका काङ्ग्रेसका महादेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेमनारायण महतो, मुकेशकुमार कुशवाहा गम्भीर घाइते हुनु भएको विज्ञप्तिमा उल्लेख छ ।

नेकपाका कार्यकर्ताहरुले वडा अध्यक्ष महतोको घरसहित वरपरका अन्य घरमा समेत क्षति पु¥याउनुका साथै घाइते लिन गएको एम्बुलेन्स माथिसमेत तोडफोड गरेर उपचारमा लैजानसमेत समस्या उत्पन्न गरेको काङ्ग्रेसको आरोप छ ।

घट्नाको अघिल्लो दिन वडाध्यक्षलाई कुटपिट गरिएको र त्यसको भोलिपल्ट उहाँकै घरमा आक्रमण गरेर गोली हानिएको काङ्ग्रेसले विज्ञप्तिमा जनाइएको छ । साथै अप्रिय घट्ना घट्न सक्ने सम्भावना रहेपनि प्रहरी प्रशासनले सुरक्षा दिन नसक्नु अत्यन्त दुःखद भएको काङ्ग्रेसको ठहर छ ।

यस घटनालाई काङ्ग्रेसले अत्यन्त गम्भीरतापूर्वक लिएको जनाउँदै सरकारको गम्भीर ध्यानकर्षण गराएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनसहित उपसभापति विमलेन्द्र निधि भोलि बिहान सर्लाही जाने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!