सनराइज बैंकद्वारा बचतकर्ताका लागि स्वास्थ्य तथा दुर्घटना बीमा सार्वजनिक
धनकुटा, ५ पुस । सनराइज बैंकले बचत खातामा ४ सुविधा योजना अन्तर्गत बचतकर्ताहरुका लागि स्वास्थ्य तथा दुर्घटना बीमा सार्वजनिक गरेको छ । आफ्नो योजनाको विषयमा बैंकको धनकुटा शाखाले कार्यक्रम गरि यस्तो जानकारी गराएको हो ।
बचत खातामा बचतकर्ताले वार्षिक ६% सम्म व्याजका साथै देशभरीका विभिन्न अस्पतालहरुमा उपचार गराउदा २०% सम्म छुट सुविधा तथा उपचार गर्दा लागेको खर्च बैंकमा भएको वार्षिक औसत मौज्दातको २५% सम्...


























