फाईल तस्वीर

लहान, ४ पुस । सिरहाको गोलबजार नगरपालिका–९ स्थित मारुती सिमेन्ट उद्योगमा आज आगलागी हुँदा करीब १० लाख मूल्य बराबरको क्षति भएको छ ।

उद्योगको क्लिङ्करको बेल्टमा घर्षण भई आगलागी हुँदा क्लिङ्कर बेल्ट, केमिकल लगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरी, फ्याक्ट्रीका कामदार र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको उद्योगका प्रबन्धक मनोज श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट उक्त रकम बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!