कावासोती, ३ पुस । पूर्व पश्चिमराजमार्गअन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

नारायणगढबाट दाङका लागि छुटेको ना६ख ९६७६ नंको बसले बा१८प ५१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार मध्यबिन्दु–११ का २८ वर्षीय चन्द्रकुमारी सोमै मगरको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते हुनुभएको उहाँको उपचारका क्रममा मध्यबिन्दु अस्पताल डण्डामा मृत्यु भएको प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।

मोटरसाइकललाई ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टेर बसमा सवार २५ जना घाइते भएका छन् । मोटरसाइकल चालक सामान्य घाइते छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!