मार्तडी, ८ माघ । मदिरा खाएर होहल्ला गरेको आरोपमा पक्राउ परेका बूढीगङ्गा नगरपालिका–९ का वडाध्यक्ष भरत थापालाई रु एक हजार जरिवाना तिराएर हिरासतबाट छाडिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Advertisement

आइतबार मदिरा खाएर होहल्ला र गालीगलौज गरेको भन्दै स्थानीयवासीले प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले वडाध्यक्ष थापालाई पक्राउ गरेको थियो । वडाध्यक्ष थापालाई सोमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई मदिरा ऐनअनुसार सामान्य जरिवाना तिराएर छाडिएको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले बूढीगङ्गा नगरपालिकामा नागरिकता वितरण शिविर सञ्चालन गरेको र नागरिकताका लागि वडाध्यक्षको सिफारिस अनिवार्य हुने भएकाले तत्काल जरिवाना तिराएर छाडिएको प्रहरी प्रमुख भाटले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!