काठमाडौँ, ७ माघ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको टोली धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेजमेन्टले मुख्य प्रायोजन गरेको छ । धनगढी स्टार्सले आज यहाँ आयोजना गरेको कार्यक्रममा ग्लोबल कलेजसँग प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ ।

Advertisement

सम्झौतापत्रमा कलेजका प्रमुख कार्यकारी खगेन्द्र ओझा र क्लबका प्रमुख कृष्ण बोहोराले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार कलेजले स्टार्सलाई एक वर्षका लागि रु २० लाख नगद उपलब्ध गराउनेछ ।

यस्तै कार्यक्रममा प्रतियोगितामा खेल्ने टोलीको जर्सीसमेत सार्वजनिक गरियो । प्रतियोगितामा धनगढीका खेलाडीले ग्लोबल कलेज अङ्कित जर्सी लगाउनेछन् । डिपिएल आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुँदैछ ।

देशकै सर्वाधिक पुरस्कार राशिको डिपिएलमा धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किङ्ग्सले प्रतिस्पर्धा गर्नेछन् ।

टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको स्टार्समा सौरभ खनाल, अमित श्रेष्ठ, हरिबहादुर चौहान, विपिन खत्री, दीपेश श्रेष्ठ, राजु रिजाल, रविन क्षेत्री, पवन सर्राफ, सन्दीप रजाली, धीरज शाहीलगायत खेलाडी रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!