कपालका लागि प्याजको रस
प्याज सजिलै पाइने खाद्य वस्तुमा पर्छ । धेरैजसो मानिस प्याज काट्दा आँसु आउने भएकाले यसलाई मन पराउँदैनन् तर प्याज कपालका लागि निकै लाभदायक मानिन्छ । प्याजमा पाइने सल्फरले कपालको जरालाई पोषण दिन्छ ।
सल्फरले कपाललाई दह्रो र लामो बनाउन मद्दत गर्छ । त्यसकारण धेरै जसो मानिसहरू कपाललाई लामो बनाउनका लागि प्याजको रस लगाउने गर्छन् । प्याजमा पाइने एन्टी–ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउँदा कपाल झ...































