बेझाड, १८ माघ । गाडीको ठक्करबाट पाल्पाको तानसेनस्थित राईडाँडामा एकको मृत्यु भएको छ ।

Advertisement

बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४५३४ नंको बसले आज बिहान ११ः५५ मा ठक्कर दिँदा रुपन्देही रामपुर बस्ने २७ वर्षीय सोनु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक मोतीबहादुर खड्काले जानकारी दिनुभयो ।

अहिले ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडकमा हिँड्ने क्रममा विकलाई एक्कासी बसले ठक्कर दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!