पाँच बलिउड कलाकार जो सरोगेसीबाट आमाबाउ बने
बलिउडका थुप्रै सेलिब्रिटी सेरोगेसीमार्फत आमाबुबा बनेका छन्। कोख भाडामा लिएर बच्चा जन्माउने विधिलाई सरोगेसी भनिन्छ। कोही बिहे नगरी अभिभावक बनेका छन् भने कतिपय जोडीले यस विधिबाट सन्तानसुख प्राप्त गरेका छन्।
आमिर खान
अभिनेता आमिर खान र उनकी दोस्री श्रीमती किरण रावले इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सरोगेसी विधिबाट छोरा अजाद राव खानलाई जन्माएका हुन्। किरणलाई गर्भधारण गर्न समस्या देखिएपछि आफूहरूले य...





























