उर्लाबारी, २७ माघ ।  विराटनगर महानगरपालिका–२ बरगाछीमा आज बिहान टिपरको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

Advertisement

पूर्वबाट आएर दक्षिणतर्फ मोडन खोजेको को १ ख ७०९२ नं को टिपरको ठक्करबाट पहिचान हुन नसकेका करिव ५० वर्षका साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

बरगाछी चोकमा टिपरको पछाडिको चक्काले उनलाई ठक्कर दिएको थियो । उक्त शव परीक्षका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ भने ठक्कर दिने टिपर र त्यसका चालकलाई प्रहरीले नयन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!