नेविसङ्घ अध्यक्ष महरद्वारा राजिनामा
काठमाडौँ, २८ माघ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ ।
अध्यक्ष महरले आज काङ्ग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजिनामा बुझाउनुभएको काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै आजै राजिनामा स्वीकृत गर्नुभएको छ ।
सङ्घको वर्त...































