बोटबाटै २२ लाखको सुन्तला बिक्री

बोटबाटै २२ लाखको सुन्तला बिक्री

वालिङ, २० फागुन । स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका भूपराज भण्डारीले सुन्तला बिक्रीबाट २२ लाख आम्दानी गर्नुभएको छ । मुख्य आम्दानीको स्रोतका रुपमा रहेको सुन्तला बिक्रीबाट सुन्तला व्यवसायी भण्डारीले यस पटक ३० टन सुन्तला बोटबाटै बिक्री गरी २२ लाख आम्दानी गरेको बताउनुभयो । भण्डारीको ४२ रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ । उक्त बगैँचामा एक हजार ५०० सुन्तलाका बोट छन् । बगैँचाका झण्डै ९...
बालीघरे प्रथा हरायो

बालीघरे प्रथा हरायो

बेझाड, २० फागुन । गाउँघरमा परम्परादेखि नै चल्दै आएको बालीघरे (कटुवाल) प्रथा पछिल्लो समयमा हराउँदै गएको छ । गाउँमा हुने शुभकार्य, विभिन्न कार्यक्रम, भेला, बैठकसम्बन्धी सूचना प्रवाह गर्न एक जनालाई बालीघरेका रुपमा राखिन्थ्यो । यसरी बालीघरेका रुपमा बसेका व्यक्तिले गाउँघरका हरेक गतिविधि, बैठक, भेलालगायत विभिन्न सूचना सन्देश सबैका घर घरमा पुगेर खबर गर्नुपथ्र्याे । पछिल्लो समयमा भने यो प्रथा गाउँघरबाट...
ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

वासिङ्टन, २० फागुन । अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानबिन गर्न लागेका हुन् । अमेरिकी संसदको न्यायिक समितिका अध्यक्ष जेरी नाड्लरले अमेरिकी एबीसी टेलिभिजनसँग कुरा गर्द...
रानीपोखरी पुनःनिर्माण शुरु

रानीपोखरी पुनःनिर्माण शुरु

काठमाडौँ, २० फागुन । ऐतिहासिक रानीपोखरीे पुनःनिर्माण शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु गरिएको जानकारी दिनुभयो । परम्परागत शैली र प्रविधि मै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा उक्त पोखरी पुनःनिर्माण हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “रानीपोखरी पुनःनिर्माण शुरु गरिएको छ, त्यसका लागि स...
सेना दिवस समारोहमा ‘फ्रि–फल’ को क्रममा एक सैनिक घाइते

सेना दिवस समारोहमा ‘फ्रि–फल’ को क्रममा एक सैनिक घाइते

काठमाडौँ, २० फागुन । सैनिक मञ्च टुँडिखेलमा सेना दिवस मनाउने क्रममा प्यारासुटबाट फ्रि फलको क्रममा एक सैनिक घाइते भएका छन् । महाशिवरात्रिको अवसरमा नेपाली सेनाले सेना दिवसको विशेष कार्यक्रम गरिरहेको छ । सेना दिवस विशेष समारोहमा सेनाका विभिन्न टोली आतिबाजी, शस्त्राभ्यासहितका विभिन्न कौशल प्रस्तुत गरिरहेका छन् । यहि क्रममा प्यारासुटको सहायतमा विमानबाट फ्रि फलका लागि हामफालेका एक सैनिक घाइते भएका छन...
केदारनाथको शिर डोलेश्वर मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो

केदारनाथको शिर डोलेश्वर मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो

भादगाउँ, २० फागुन ।  महाशिवरात्रीको पर्वको अवसरमा आज भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ । प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ । महाशिवरात्रीको अवसर पारेर आज भक्तजनका लागि दर्शन गराउन मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ । आजको दिन ब...
प्रियंकामाथी पाकिस्तानीको आक्रोश

प्रियंकामाथी पाकिस्तानीको आक्रोश

एजेन्सी । भारत–पाकिस्तानविच जारी विवादमा बलिउड नायिका प्रियंका चोपडाले सामाजिक सञ्जालमा गरेको ट्विटको पाकिस्तानीहरुले बिरोध गरेका छन् । प्रियंका संयुक्त राष्ट्रसंघ अन्तर्गत युनिसेफको गुडवील एम्बेस्डर हुन् । हालै प्रियंकाले भारत र पाकिस्तानबीच भइरहेको युद्धको स्थितीमा एकोहारो भएर भारतीय सेनाको पक्षमा लागेर बोलेको भन्दै पाकिस्तानीहरुले आपत्ती जनाएका हुन् । प्रियंकाले भारतीय एअरफोर्सले पाकिस्तानक...
यसरी गरिन्थ्यो गर्भ परीक्षण ३५ सय वर्षअघि

यसरी गरिन्थ्यो गर्भ परीक्षण ३५ सय वर्षअघि

एजेन्सी ।  महिलाको गर्भ परीक्षणका लागि अहिले बजारमा अनेक खालका उपकरण छन् । तर, आजभन्दा ३५ सय वर्षअघिको समयको कल्पना गर्नुस् त । त्यो समयमा कुनैपनि महिला गर्भवती भए नभएको कसरी पत्ता लगाइन्थ्यो होला ? सायद यो थाहा पाउँदा अनौठो लाग्ला कि ३५ सय वर्ष पहिले पनि महिलाहरुको गर्भ परीक्षण हुन्थ्यो । यतिमात्र होइन त्यस समयमा पनि गर्भको बच्चा छोरा वा छोरी के हो ? त्यो समेत पत्ता लगाउने विधि प्रचलनमा थियो ।...
झापामा बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ

झापामा बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ

बनियानी, २० फागुन ।  झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ स्थित गोलधाममा पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मो...
मासुको गुणस्तर कायम गर्न दश पसललाई अनुदान

मासुको गुणस्तर कायम गर्न दश पसललाई अनुदान

काठमाडौँ, २० फागुन । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा मासुको गुणस्तर सुधार गर्नका लागि दश वटा मासु पसललाई अनुदान रकम उपलब्ध गराउने भएको छ ।  काठमाडौँ महानगरपालिकाले यस चालू आवमा मासुको गुणस्तर सुधार गर्न ३० वटा पसललाई अनुदान दिने भने पनि मापदण्डअनुरुप निवेदन प्राप्त नभएकाले दश पसलले मात्र रकम पाउने भएका हुन् । सार्वजनिक सूचना प्रकाशन गरेर निवेदन मागे पनि कम मात्र निवेदन परेको र परेका...
निर्मला हत्याको ‘ह्युमन इन्टेलिजेन्स’ मार्फत अनुसन्धान अघि बढाइदै

निर्मला हत्याको ‘ह्युमन इन्टेलिजेन्स’ मार्फत अनुसन्धान अघि बढाइदै

काठमाडौं ।  कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात महिना नाघ्दासमेत प्रहरीले हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न सकेको छैन । अनुसन्धानमा एक पछि अर्को शैली अपनाइरहेको प्रहरीले अहिले भने ‘ह्युमन इन्टेलिजेन्स’ लाई केन्द्रमा राखेर काम गरिरहेको छ । हत्यामा संलग्नको खोजीमा प्रहरीले हालसम्म २६ जनाको डीएनए परीक्षण गरिसकेको छ भने १ हजारभन्दा बढीसँग सोधपुछ गर्दै निगरानी राख्दै आएक...
अब अर्काको नाममा रहेकाे सिमकार्ड प्रयोग गर्न नपाइने

अब अर्काको नाममा रहेकाे सिमकार्ड प्रयोग गर्न नपाइने

काठमाडौं । अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइनेगरी नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ। ‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्नेगरी व्यवस्थापन गर्न लागेको हो। अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गरी आपराधिक क्रियाकलाप गर्ने प्रवृत्ति बढेको भन्दै प्रधानमन्त्री कार्यालयबाट गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न ई–केवाईसी ...
कौशल्टारमा भीषण आगलागी, रु छ करोडको क्षति

कौशल्टारमा भीषण आगलागी, रु छ करोडको क्षति

भक्तपुर, २० फागुन । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निच...
सञ्जेलको सरुवा कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सञ्जेलको सरुवा कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, २० फागुन । सर्वोच्च अदालतले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव प्रेमप्रसाद सञ्जेलको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले हिजो उपसचिव सञ्जेललाई सो मन्त्रालयका सचिव महेशप्रसाद दाहालले गरेको सरुवा कानूनसम्मत नदेखिएकाले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । उपसचिव सञ्जेलले आफूलाई गैरकानून...
२०७५ फागुन २० गते सोमबार/आजको राशिफल

२०७५ फागुन २० गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल फागुन २० गते। सोमबार। इश्वी सन् २०१९ मार्च ४ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मि...
छोरी शिक्षा बीमा प्रदेश भर  लागू गरिने

छोरी शिक्षा बीमा प्रदेश भर लागू गरिने

धनुषा, १९ फागुन । मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत प्रदेशका ८ वटा पालिकाबाट शुरु भएको छोरी शिक्षा बीमा कार्यक्रम प्रदेश भरी लागू भएको छ । मुख्यमन्त्री लालबाबु राउतले आज पत्रकार सम्मेलन आयोजना गरी माघ १ गते देखि नै लागू हुने गरी प्रदेशभर लागू गरिएको घोषणा गर्नुभयो । प्रदेश सरकारले यस कार्यक्रमअन्तर्गत माघ १ गतेपछि जन्मिएको बालिकालाई रु एक लाख २५ हजारको बीमा गर्ने छन् । बीमाक...
फेसबुक र ट्वीइटर बन्द नगरिएको मन्त्रालयद्वारा स्पष्ट

फेसबुक र ट्वीइटर बन्द नगरिएको मन्त्रालयद्वारा स्पष्ट

काठमाडौँ, १९ फागुन । सामाजिक सञ्जाल फेसबुक र ट्वीइटर बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–सचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आज एक विज्ञप्ति जारी गरी मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीइटरजस्ता सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गरिनेजस्ता भ्रामक सूचना फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी टिप्पणीसमेत ...
कप्तान खड्कासहित पाँच खेलाडी सिप्यानका लागि मनोनयन

कप्तान खड्कासहित पाँच खेलाडी सिप्यानका लागि मनोनयन

काठमाडौँ, १९ फागुन । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)को आयोजनामा हुने एनसीसीएस–सिप्यान अवार्डअन्तर्गत पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोननयमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित पाँच खेलाडी परेका छन् । पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोनयनमा कप्तान खड्कासहित दिपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामीको नाम (सिप्यान)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सा...
महाशिवरात्रि ट्राफिक व्यवस्थापनः ५८२ ट्राफिक प्रहरी खटिने

महाशिवरात्रि ट्राफिक व्यवस्थापनः ५८२ ट्राफिक प्रहरी खटिने

काठमाडौँ, १९ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुलबाट गौशाला, द्धारिका होटलबाट गौशाला, सिफलबाट जयबागेश...
घुस लिएको आरोपमा मुद्दा

घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ, १९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातँछे श्रेष्ठ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । लेनदेनसम्बन्धी उजुरी मिलाइदिने भनी सेवाग्राहीसँग श्रेष्ठले रु २५ हजार घुस माग गरेको आरोप लागेको छ । आयोगले बिगो बमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । यस्तै आयोगल...
यी उपाय ग्यास्ट्रिकबाट बच्न अपनाउनुहोस्

यी उपाय ग्यास्ट्रिकबाट बच्न अपनाउनुहोस्

काठमाडौं । आजभोलि चिया पसलहरुमा सुन्न सकिन्छ– नेपालका लागि त ग्यास्ट्रिक राष्ट्रिय रोग नै भइसकेको छ । हुन पनि अधिकांश नेपाली यो रोगबाट ग्रसित छन् । धेरै खानेलाई पनि हुने र धेरै समयसम्म नखाएर पेट खाली राख्नेलाई पनि हुने भएकाले ग्यास्ट्रिकले धेरैलाई सताएको छ । विशेषगरि काम गर्ने मानिसहरुलाई त यो निकै ठूलो समस्या हो । तर, कसरी बच्ने त ग्यास्ट्रिकबाट ? केही टिप्सः वजन बढी नबनाउनुहोस् धेरै कुर्चीम...
तेलको पाइप विस्फोट हुँदा ५० जनाको मृत्यु

तेलको पाइप विस्फोट हुँदा ५० जनाको मृत्यु

अबुजा, नाइजेरिया, १९ फागुन । नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । पेट्रोलियम पदार्थको सो पाइप विस्फोटन भएपछि आगलागी हुनुका साथै धुँवा समेत उठेको अधिकारीहरुले बताएका छन् । सो पाइपबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुनै पनि कम्पनीले घटनाक...
भेडेटारबाट गाँजासहित एक जना पक्राउ

भेडेटारबाट गाँजासहित एक जना पक्राउ

धनकुटा, १९ फागुन ।  धनकुटाको भेडेटारबाट ५ किलो गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँगुरीगढी–८ का ३० बर्षीय अविनास राई छन् । धनकुटाबाट धरान तर्फ जाँदै गरेको को.१६ प. ९६९४ नम्बरको मोटरसाईकलको पछाडी बाधेर गाँजा लैजादै गरेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका राई र मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । राईलाई नियन्त्रणमा लिएर घटनाको ...
२८ वर्षपछि पशुपतिनगरबाट समातिए हत्याका फरार अभियुक्त

२८ वर्षपछि पशुपतिनगरबाट समातिए हत्याका फरार अभियुक्त

इलाम, १९ फागुन ।  इलामको पशुपतिनगरबाट शनिबार हत्याका अभियुक्त २८ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले इलामको साविक जोगमाई ९ वस्ने धर्मध्वज थापाका हत्याका अभियुक्त सोही स्थानका ७३ वर्षीय रण बहादुर राईलाई पशुपति नगरको सीमाक्षेत्रबाट पक्राउ गरेको हो । राईले थापालाई २०४७ साल बैशाख ४ गते छुरा प्रयोग गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत इलामाले २०७१ साल भदौ २४ गते सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको...
यी चर्चित निर्देशकको सिनेमामा एकसाथ गर्दैछन् काम कार्तिक र सारा

यी चर्चित निर्देशकको सिनेमामा एकसाथ गर्दैछन् काम कार्तिक र सारा

शुक्रबारबाट प्रदर्शनमा आएको 'लुका छुपी' सिनेमाका मूख्य अभिनेता कार्तिक आर्यनले आफ्ना प्रिय निर्देशक इम्तियाज अलिको एक सफल सिनेमाको सिक्वलमा काम गर्ने पक्का भएको छ। कार्तिकले करिब १० वर्ष अघि रिलिज भएको अलि निर्देशित 'लब आजकल'को सिक्वलमा काम गर्ने भएका हुन्। सो सिनेमामा सैफ अलि खान तथा दिपिका पादुकोणले मुख्य भूमिकामा अभिनय गरेका थिए। 'उनी मेरा मनपर्ने निर्देशक हुन् जोसँग म काम गर्ने चाहिरहेको थ...
प्रविधिमैत्री बन्दै स्थानीय सरकार

प्रविधिमैत्री बन्दै स्थानीय सरकार

बाँके, १९ फागुन । बाँकेका स्थानीय सरकारहरुले मोबाइल एप्समार्फत सेवा दिन थालेपछि सेवाग्राहीहरु अब सहज र शीघ्र काम सम्पन्न हुनेमा आशावादी देखिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले मोबाइल एप्समार्फत खुला स्थानीय सरकारको अवधारणा अनुसार मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । सेवाग्राहीले सञ्चालनमा आएको उक्त एप्लिकेशन डाउनलोड गरेर उपमहानगरका योजना, बजेट र कार्यक्रमबारे मोबाइलमै हेरेर जानकारी लिन थालेका छन...
चितवनमा दुई लाखबाट स्वास्थ्य बिमा

चितवनमा दुई लाखबाट स्वास्थ्य बिमा

भरतपुर, १९ फागुन । चितवनमा साढे दुई लाख नागरिकले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बिमा लागू भएपछिको अवधिमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा गर्ने नागरिकको सहभागिता उत्साहजनक देखिएको छ । अठ्तीस जिल्लामा लागू भएको यो कार्यक्रम चितवनमा सबैभन्दा बढी प्रभावकारी भएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम चितवनका समन्वयकर्ता नारायण सापकोटाले बताउनुभयो । ‘‘देशभर १६ लाख नागरि...
राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि

राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि

काठमाडौँ, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिनुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँको राजकीय सम्मानका साथ अन्त्...
विमानस्थलमा सुनसहित दुई पक्राउ

विमानस्थलमा सुनसहित दुई पक्राउ

काठमाडौँ, १९ फागुन । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले तामाङलाई रु ...
छात्राको शव फेला

छात्राको शव फेला

पोखरा, १९ फागुन । पोखराको फेवाताल–६ मा आज बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अवस्थामा शव भेटिएको बैदाम कार्यालयका प्रमुख कोमल शाहले जानकारी गराउनुभएको छ । नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज बिहानै क्याम्पस जानका लागि घरबाट हिँडेको बताइएको छ । उनको शव पोखरा स्वास्थ्य विज्ञ...
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वयद्वारा श्रद्धाञ्जलि

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वयद्वारा श्रद्धाञ्जलि

काठमाडौँ, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पुष्पाहार चढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । उपचारका क्रममा शनिबार राति दिवङ्गत हुनुभएका उहाँको...
error: Content is protected !!