सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला
कैलाली, २२ फागुन । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला गरेको छ ।
घटना भएको झण्डै ४२ महिनापछि जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले आज सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो । लक्ष्मण चौधरी, लाहुराम चौधरीसहित १२ जनालाई ३ वर्षको कैद तोकिएको छ ।
तीन वर्षको कैद भुक्तान गरिसकेकाले उनीहरु रिहा हुने छन् । ३ ...































