धनकुटाको सिधुवामा चिहानमा डोजर लगाउँदा स्थानीय आक्रोशित
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ सिधुवास्थित चिहानडाँडामा डोजर लगाएर नेवार समुदायको समाधिस्थल भत्काइएको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् । सडक निर्माण गर्ने नाममा एक दर्जन भन्दा बढी चिहान भत्काइएको भन्दै स्थानीय नेवार समुदायले विरोध जनाएका हुन् ।
स्थानीय डम्वरवहादुर थापाले आफ्नो जग्गामा निजी कृषि फार्म खोलेपछि त्यहाँसम्म जान दुई वटा सडक निर्माण गरेका छन् । दोस्रो सडक निर्माण गर्ने क...





























