२०८१ असार २० गते बिहीबार/आजको राशिफल 

२०८१ असार २० गते बिहीबार/आजको राशिफल 

बि.सं.२०८१ असार २० गते बिहीबार ई.सं.२०२४ जुलाई ०४ नेपाल सम्वत् ११४४ तछलागा त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण त्रयोदशी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, गण्ड योग, बणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१२ बजे, सूर्यास्त साँझ ०७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको या...
अनलाइन ठगीमा संलग्न ५ जनाको समूह विराटनगरमा पक्राउ

अनलाइन ठगीमा संलग्न ५ जनाको समूह विराटनगरमा पक्राउ

विराटनगर । अनलाइन ठगीमा संलग्न समूहका ५ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । उनीहरुले अनलाइनको माध्यमबाट ठगी गर्ने साथै सट्टेबाजी समेत गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा सप्तरीका २२ वर्षीय शिवशंकर यादव, २० वर्षीय दीपक मण्डल, मोरङको जहदाका २५ वर्षीय रन्जितकुमार यादव, विराटनगर–१६ का ३० वर्षीय जनार्दन यादव र २६ वर्षीय सिकिन्दर यादव छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबह...
सरकारमा सहभागी एमालेका ८ जना मन्त्रीले बुझाए राजीनामा

सरकारमा सहभागी एमालेका ८ जना मन्त्रीले बुझाए राजीनामा

विराटनगर । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा सं...
सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

विराटनगर । नेकपा एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको हो । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्दै एमालेबाट सहभागी मन्त्रीहरूको सामूहिक...
घाँटीमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु

घाँटीमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु

दाङ । दाङको तुलसीपुरमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका तीन वर्षीय राजेन्द्र घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार चना खाने क्रममा घाँटीमा अड्किएर उनको मृत्यु भएको हो। प्रहरीका अनुसार विद्यालयबाट घर आएपछि पकाएको चना खाने क्रममा घाँटीमा अड्किएर निसास्सिएका थिए । उनलाई...
विराटनगरमा डेंगु फैलन नदिन ‘लार्भा खोज र नष्ट’ अभियान सुरू

विराटनगरमा डेंगु फैलन नदिन ‘लार्भा खोज र नष्ट’ अभियान सुरू

विराटनगर । विराटनगरमा डेंगुको रोग नियन्त्रण तथा रोकथाम अभियान थालिएको छ । यसका लागि महानगरका १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्न थालिएको छ । लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडामा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ । यसैगरी, लार्भा खोजी र नष्ट गर्ने काम पनि सुरु गरिएको छ । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविकासहित सरोकारवालाहरुको सहभागिता छ । ...
सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन आग्रह

सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन आग्रह

सुनसरी । केही दिनयताको निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्ने घट्ने भइरहेको छ । नदीमा पानीको बहाव बढ्ने क्रमसँगै तटीय क्षेत्रमा सतर्कता अपनाउन सुनसरी प्रशासनले आग्रह गरेको छ । सीमावर्ती मधेश प्रदेशको जिल्ला सप्तरीतर्फ पनि सतर्कता अपनाउन भनिएको छ । कोशीको बाढीबाट हुने सम्भावित क्षति कम गर्न दुवै जिल्लाका प्रशासन कार्यालय, प्रहरीलगायत निकाय सतर्क अवस्थामा बसेको जनाइएको छ । यसैक्रम...
सोलुखुम्बुमा खोलाले बगाएर शिक्षकको मृत्यु

सोलुखुम्बुमा खोलाले बगाएर शिक्षकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा खोलाले बगाएर एकजना शिक्षकको मृत्यु भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १ स्थित पैया खोला तर्ने क्रममा बगेर मंगलबार अपराह्न ती शिक्षकको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा खुम्बु पासाङल्हामु–५ स्थित हिमालय आधारभूत विद्यालय नाम्चे बजारमा कार्यरत् शिक्षक माप्यदुधकोशी–२ का ३६ वर्षीय राजु राई छन् । खोला तर्ने क्रममा शिक्षक बगेको ...
धनकुटामा रडले टाउकोमा लाग्दा एकजनाको मृत्यु

धनकुटामा रडले टाउकोमा लाग्दा एकजनाको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ मा फलामे रडले टाउकोमा लागेर एकजना मजदुरको मृत्यु भएको छ । उक्त वडास्थित रघुवा खोलाको निर्माणाधीन पुलमा काम गर्ने क्रममा रडले टाउकोमा लागेर मजदुरको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचथरको तुम्बेवा गाउँपालिका–२ का ४० वर्षीय मदन मगर छन् । मंगलबार अपराह्न पुलमा काम गर्ने क्रममा अचानक पुलबाट रड खसेर उनको टाउकोमा लागेको थियो । गम्भीर घाइते अवस...
फेरिएको राजनीतिक समीकरणपछि के हुन्छ कोशी सरकार ?

फेरिएको राजनीतिक समीकरणपछि के हुन्छ कोशी सरकार ?

विराटनगर । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि प्रदेशसम्म त्यसको प्रभाव पर्ने भएको छ । सात प्रदेशमध्ये मधेश सरकारको बाहेक नेतृत्व बाँडफाँड गर्ने मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले गरेका छन् । यसको असर कोशी प्रदेशमा पनि पर्ने देखिएको छ । दुईबीचको सहमतिअनुसार कोशी प्रदेश सरकारको नेतृत्व एमालेकै हुने भनिएको छ । तर सरकारमा सहभागी हुने दलहरु भने फेरिने छन् । अहिले कोशी प्रदेश सरकारमा एमालेक...
बलात्कारविरुद्ध खोटाङमा बालबालिकाद्वारा प्रदर्शन

बलात्कारविरुद्ध खोटाङमा बालबालिकाद्वारा प्रदर्शन

खोटाङ । बलात्कारको विरोधमा खोटाङ सदरमुकामका बालबालिका विरोध प्रदर्शनमा उत्रिएका छन् । छात्रामाथि भएको बलात्कारको विरोधमा दिक्तेल बजारमा उनीहरुले प्रदर्शन गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयकी १३ वषीया छात्रालाई उक्त विद्यालयकै शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरेले बलात्कार गरेको आरोप लागेको छ । प्रहरीले आरोपितलाई पक्राउ गरेको छ । बलात्कार घटनाको विरोध...
२०८१ असार १९ गते बुधबार/आजको राशिफल

२०८१ असार १९ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ असार १९ गते बुधबार ई.सं.२०२४ जुलाई ०३ नेपाल सम्वत् ११४४ तछलागा द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण द्धादशी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, शूल योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१२ बजे, सूर्यास्त साँझ ०७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धनियाँ मुखमा राखेर जुनसुकै दिशा...
फेरि पनि गल्ती गर्ने छुट दलहरूलाई छैन

फेरि पनि गल्ती गर्ने छुट दलहरूलाई छैन

संघीय संसद्का पहिलो र दोस्रो ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेपछि राष्ट्रिय राजनीतिको विद्यमान चित्र फरक बनेको छ । पटक पटकको छलफलपछि यी दुई दल राष्ट्रिय सहमतिको सरकार गठन गर्ने कुरामा सहमत भएका छन् । मुख्य दलबीच संविधान संशोधन गर्नेलगायतका विषयमा सहमति भएपछि राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको हो । कांग्रेस र एमालेको निष्कर्ष छ– राजनीतिक अस्थिरता अन्त्य गर्न संविधान संशोधन गर्न...
प्रदेशस्तरीय कबड्डीः सुनसरी शीर्ष स्थानमा

प्रदेशस्तरीय कबड्डीः सुनसरी शीर्ष स्थानमा

विराटनगर । विराटनगरमा जारी प्रदेशस्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा पुगेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रतियोगिताको दोस्रो दिन ३ खेल खेल्दै ६ अंकका साथ सुनसरी शीर्ष स्थानमा रहन सफल भएको हो । ताप्लेजुङ र पाँचथर समान अंक ४–४ का साथ दोस्रो स्थानमा छन् । उनीहरुले २–२ खेल खेल्दै जित निकालेका थिए । सोलुखुम्बुले १ खेलमा जित १ खेल बराबरी र १ खेल ...
‘बीमालाई प्रभावकारी बनाउन सबैले प्रभावकारी भूमिका खेल्नुपर्छ’

‘बीमालाई प्रभावकारी बनाउन सबैले प्रभावकारी भूमिका खेल्नुपर्छ’

विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया गरेको छ । मंगलबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्री विभिन्न मन्त्रालयका सचिव र बीमा कम्पनीका प्रदेश प्रमुखहरूको उपस्थितिमा अन्तरक्रिया गरिएको हो । प्रदेश सरकारसँग विभिन्न अपेक्षा राख्दै अन्तरक्रिया गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरण कोशी प्रदेशका प्रमुख विनोदकुमार पोखरेलले बीमाको विकासमा प्रदेश...
‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन कांग्रेस–एमाले सहकार्य’

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन कांग्रेस–एमाले सहकार्य’

विराटनगर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा एमालेले सहकार्य गरेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । दुई ठूला पार्टीले अरु दललाई साथमा लिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बल पुग्ने गरी संविधान संशोधनको प्रयास गर्ने उनले बत...
पोखरीमा डुबेर सिरहाका २ बालकको मृत्यु

पोखरीमा डुबेर सिरहाका २ बालकको मृत्यु

सिरहा । सिरहामा पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार नरहा गाउँपालिका–३ का सुशील मण्डका सात वर्षीय राहुल मण्डल र उनका भान्जा ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो । हिजो दिउँसोदेखि हराइरहेका उनीहरुलाई प्रहरी र स्थानीय बासिन्दा मिलेर खोजी गरेका थिए । त्यस क्रममा आज बिहान बस्ती छेउकै पोखरीमा तैरिरहेको अवस्थामा उनीहरु मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार...
स्थानीय तहलाई सक्षम र बलियो बनाउनुपर्छः मुख्यमन्त्री कार्की

स्थानीय तहलाई सक्षम र बलियो बनाउनुपर्छः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्थानीय तहलाई अझ सक्षम र बलियो बनाउनुपर्ने बताएका छन् । केन्द्र र प्रदेशभन्दा जनताका लागि सेवा प्रवाहमा स्थानीय तहको हुने भन्दै उनले यस्तो बताएका हुन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि विराटनगरमा सुरु भएको न्यायिक समितिको तीन दिने कार्यशाला उद्घाटनका अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले स्थानीय तह जति धेरै सक्...
प्रधानमन्त्री दाहालले राजीनामा नदिने

प्रधानमन्त्री दाहालले राजीनामा नदिने

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाललले राजीनामा नदिने निर्णय गरेको छ । प्रधानमन्त्री निवासमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । पार्टीका सचिव देवेन्द्र पौडेलले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने नि...
खोलाछेउका बासिन्दाको पीडा, ‘भोक न निद्रा भइएको छ’

खोलाछेउका बासिन्दाको पीडा, ‘भोक न निद्रा भइएको छ’

विराटनगर । ‘रातभरी अनिँदो बस्न बाध्य छौँ । सालैपिच्छे यो अवस्था आउँछ । पानी पर्न थालेपछि खोला पनि बढ्छ । घरै बगाउने हो कि भन्ने त्रासले रातभर निदाउन सकिँदैन । घरको सामान पनि सबै बगाएर लग्छ, बालबच्चा लिएर कहाँ भाग्नु ।’ यो पीडा हो विराटनगर–२ स्थित सिंघिया खोला छेउकी बासिन्दा सरोजादेवी रायको । आफ्नोमात्र होइन उनले त्यस क्षेत्रका अरु पनि पीडितहरुको समस्या पोखेकी हुन् । उनी ऐलानी जग्गामा बस्छिन् । ...
धनकुटाका यातायात व्यवसायीको गुनासो, ‘खर्च बढ्दो, आम्दानी घट्दो’

धनकुटाका यातायात व्यवसायीको गुनासो, ‘खर्च बढ्दो, आम्दानी घट्दो’

धनकुटा । धनकुटाका सार्वजनिक यातायात व्यवसायीहरुले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न कठिनाइ भएको गुनासो गरेका छन् । उनीहरुले दोहोरोतेहेरो करले गर्दा थप समस्या भोग्नुपरेको बताएका छन् । कोशी प्रदेशको सुशासन तथा योजना संसदीय समितिले आयोजना गरेको सार्वजनिक यातायात सञ्चालनका समस्या र चुनौती विषयक अन्तरक्रियाका सहभागी व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् । बढ्दो सञ्चालन खर्च र घट्दो आम्दानीले व्यवस...
भेडेटारका व्यवसायीहरूलाई करसम्बन्धी प्रशिक्षण

भेडेटारका व्यवसायीहरूलाई करसम्बन्धी प्रशिक्षण

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा एकदिने करदाता शिक्षा सञ्चालन गरिएको छ । उद्योग वाणिज्य संघ धनकुटा र साँगुरीगढी गाउँपालिकाको संयुक्त आयोजनामा करदाता शिक्षा सञ्चालन गरिएको हो । कार्यक्रममा विभिन्न प्रकारका करसम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा भेडेटार आसपासका होटल सञ्चालक तथा व्यवसायीको सहभागिता थियो । सहभागीहरुले विगतको भन्दा अहिले कर बुझाउन झन्झटिलो प्रक्रिया रहेका...
एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । बोर्डको निर्णयअनुसार एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन गर्ने गरेको थियो । परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयक...
कोइरालाको शताब्दी जन्मजयन्ती मनाउँदै कांग्रेस

कोइरालाको शताब्दी जन्मजयन्ती मनाउँदै कांग्रेस

विराटनगर । नेपाली कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाउँदैछ । यसै अवसरमा काठमाडौंको सानेपास्थित केन्द्रीय कार्यालयमा कोइरालाका जीवनसँग सम्बन्धित फोटो प्रदर्शनी गरिने भएको छ । गृहनगर विराटनगरलगायत देशका विभिन्न जिल्लामा पनि कोइरालाको स्मृतिमा कार्यक्रम गरिने पार्टीले जनाएको छ । भारतको सहर्सामा सन् १९२४ जुलाई ४ मा जन्मिएका कोइरालाको २०१० मा...
२०८१ असार १८ गते मंगलबार/आजको राशिफल

२०८१ असार १८ गते मंगलबार/आजको राशिफल

बि.सं.२०८१ असार १८ गते मंगलबार ई.सं.२०२४ जुलाई ०२ नेपाल सम्बत ११४४ तछलागा एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण एकादशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, धृति योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१२ बजे, सूर्यास्त साँझ ०७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा गुण खाएर जुनसुकै दिशाको यात्रा गरे...
२७ देश पुग्छ नेपालको छुर्पी

२७ देश पुग्छ नेपालको छुर्पी

इलाम । नेपालमा उत्पादिन छुर्पी विभिन्न २७ देशमा पुग्ने गरेको छ । नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको छुर्पी निर्यात हुँदै आएको छ । वार्षिक करिब ३६ लाख किलो छुर्पी उत्पादन हुने गरेको नेपाल डेरी एसोसिएसनले जनाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १५ लाख ३७ हजार १८६ किलो छुर्पी निर्यात भएको छ । यसबाट २ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको विभागको तथ्यांकमा उल्लेख...
ताप्लेजुङको फुङलिङ नगरपालिकाका सबइन्जिनियर घुसहित पक्राउ

ताप्लेजुङको फुङलिङ नगरपालिकाका सबइन्जिनियर घुसहित पक्राउ

ताप्लेजुङ । सदरमुकाम फुङलिङ नगरपालिकाका सबइञ्जिनियर मो. अख्तर हुसैन एक लाख घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट आएको टोलीले उनलाई हिजो अपराह्न नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा निगरानी गर्दा घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । इन्जिनियर हुसैनले फुङलिङ...
अमेरिकाको ओहायोमा नेपाली गुरुहरुले दिए योग प्रशिक्षण

अमेरिकाको ओहायोमा नेपाली गुरुहरुले दिए योग प्रशिक्षण

विराटनगर । अमेरिकाको ओहायोमा जीवन विज्ञान संस्थाका अगुवा गुरुहरुले योग प्रशिक्षण दिएका छन् । ‘चक्र विज्ञान’ मा आधारित योग प्रशिक्षण दिइएको हो । प्रशिक्षण एक सातासम्म चलेको थियो । एनआरएनए अमेरिकाका संयोजक मोहन न्यौपानेले सातदिनमा पूरै जीवन नै नयाँ भएको अनुभव सुनाए । उनले योग र ध्यानको ज्ञानसँगै प्रयोग र अभ्यासले आफूमा परिवर्तन भएको महसुस गरेको बताए । डा. रुद्र भट्टले जीवनमा कही पनि नपाएको ज्ञान ...
फेरियो केन्द्रीय गठबन्धन, कांग्रेस र एमाले मिलेर सरकार बनाउने

फेरियो केन्द्रीय गठबन्धन, कांग्रेस र एमाले मिलेर सरकार बनाउने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सञ्चालनका लागि गठबन्धन गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो । गएराति भएको सहमतिमा मन्त्रालय भागबण्डादेखि प्रदेशमा सरकारको नेतृत्वलगायत विषय समेटिएको जनाइएको छ । हाल एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने नेताह...
रोल्पामा जिप दुर्घटनाः ७ जनाको मृत्यु

रोल्पामा जिप दुर्घटनाः ७ जनाको मृत्यु

विराटनगर । रोल्पामा जिप दुर्घटना हुँदा एक बच्चासहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । माडी गाउँपालिका–२, घर्तीगाउँबाट माडी–४ मा पर्ने तलाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप परेवा छहरामा आज अपरा्हन दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनाका मृत्यु...
मोरङको उर्लाबारीमा टिपरको ठक्करले आमाको मृत्यु, छोरा गम्भीर घाइते

मोरङको उर्लाबारीमा टिपरको ठक्करले आमाको मृत्यु, छोरा गम्भीर घाइते

विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीमा टिपरको ठक्करले एकजना महिलाको मृत्यु भएको छ । आज साँझ भएको दुर्घटनामा उनका छोरा गम्भीर घाइते भएका छन् । प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले प्रदेश १–०१०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा त्यसमा सवार उर्लाबारी–६ की सीता बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनका आठ वर्षीय छोरा प्रशान्त घाइते भएका हुन् । उनको मदन भण्डारी...
error: Content is protected !!