- देवकला कार्की/संगालोखबर

धनकुटा, २७ माघ । बालअधिकारको संरक्षण र सम्र्वद्धनका लागि प्रदेश न.१ को ईलाम घोषणा पत्रको कार्यान्वयनका लागि धनकुटामा १३ वुदे कार्ययोजना तयार गरिएको छ । स्थानीय सरकार र सरोकारवालाको भूमिका विषयक जिल्ला स्तरिय कार्यशालावाट कार्ययोजना तयार गरि पारित गरिएको हो ।

कार्ययोजना अनुसार जिल्लाका प्रत्येक विद्यालयमा बालक्लव र संरक्षक शिक्षकको व्यवस्था अनिवार्य गर्न नयाँ शैक्षिक सत्र २०७५ जेठ १५ भित्र कार्यान्वयनमा आउने गरि आगामि चैत्र मसान्तभित्रमा नीतिगत निर्णय गरिने छ । धनकुटामा आज किन्डर मिसन रेक जर्मनीको सहयोग तथा मानवअधिकार मञ्च नेपाल ईलाम र सामुदायिक विकास मञ्च सीडीएफ धनकुटाको आयोजनामा भएको पत्रकार भेटघाटमा दिईएको जानकारी अनुसार जिल्लाका सात वटै स्थानीय तहले चैत्र मसान्तसम्ममा निर्णय गरि कार्यालयमा बालसंरक्षण डेक्स राखी फोकल पर्सनको व्यवस्था गरि त्यसलाई कार्यान्वयनमा ल्याउने छन् ।

Advertisement

यस्तै जोखिममा परेका बालवालिका, विभिन्न अवस्थाबाट पीडित, प्रभावित वालवालिकालाई तत्काल संरक्षण तथा बालमैत्री सेवा प्रवाह गर्न तत्कालै आकस्मिक कोष खडा गरि कामको थालनी गर्ने तथा आगामि बजेटबाट बालकल्याण कोष स्थापना गरि संरक्षण कार्यलाई प्रभावकारी वनाईने सामुदायिक विकास मञ्च सीडीएफ धनकुटाका सचिव टिकाराम लिंखाले वताए ।

धनकुटामा आयोजित पत्रकार भेटघाट । तस्वीर: देवकला कार्की/संगालोखबर

यसैगरि बालवालिकाको वडा स्तरको स्थितीपत्र तयारी, योजना निमार्ण र कार्यान्वयनको शुरुवात गर्ने, विद्यालय मार्फत शैक्षिक क्यालेण्डर निमार्ण गरि बालअधिकारको विषयवस्तु समेटिएको पाठ्य सामग्री सामुदायिक विकास मञ्च, मानव अधिकार मञ्च र अन्य सम्बन्धित सरोकारवाला तथा विज्ञहरुको सहजीकरणमा नयाँ शैक्षिक सत्रबाट तयार गरि विद्यालय तहमा अभ्यासमा ल्याउन शुरुवात गर्ने, स्थानीय सरकारद्धारा बालवालिका सम्बन्धि सूचना, तथ्यांक तथा जानकारीलाई एकीकृत र व्यवस्थित गर्न प्रोफाईल निमार्ण र फोकल पर्सन तोक्ने, बालमैत्री विद्यालय तथा विद्यालय शान्ति क्षेत्र कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन बालमैत्री स्थानीय शासन कार्यान्यवनको लागि कार्ययोजना बनाई आगामी ५ वर्षसम्ममा बालमैत्री वडा घोषणा गर्ने लगायत वुदा कार्ययोजनामा समावेश छन् ।

प्रदेश न.१ को ईलाम घोषणापत्रको कार्यान्वयनका लागि मानव अधिकार तथा शान्ति शिक्षा कार्यक्रम सञ्चालन भएका पूर्वका सात जिल्लामा वालअधिकारको संरक्षण र सम्र्वद्धनका लागि कार्ययोजना तयार भईरहेको मानव अधिकार मञ्च नेपाल ईलामका योजना अनुगमन तथा मुल्यांकन अधिकृत योगराज सापकोटाले बताए । उनका अनुसार प्रदेश न.१ का बाँकी जिल्लामा कार्ययोजना तयार गरिने छ ।

बालअधिकारको संरक्षण र सम्र्वद्धनका लागि प्रदेश न.१ ईलाम घोषणा पत्र गएको पुस २३ गते ईलाममा भएको प्रदेश न.१ स्तरिय बालअधिकार संरक्षण तथा सम्र्बद्धनमा स्थानीय सरकार र सरोकारवालाहरुको भुमिका विषयक कार्यशालावाट अनुमोदन गरिएको छ । यसै घोषणापत्रमा भएका १३ वटा वुदाको आधारमा जिल्लामा कार्ययोजना तयार गरिएको हो ।

सामुदायिक विकास मञ्च सीडीएफका जिल्ला अध्यक्ष भीम वस्नेतको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा वालअधिकार तथा शान्ति शिक्षा कार्यक्रमका जिल्ला संयोजक सावित्रा राईले जिल्लामा सञ्चालन भईरहेको वालअधिकार तथा शान्ति शिक्षा कार्यक्रमको वारेमा जानकारी गराएकी थिईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!