- देवकला कार्की/संगालोखबर

धनकुटा, २७ माघ । शैक्षिक उपलब्धि वृद्धि गर्न बिद्यार्थीलाई गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्न आवश्यक रहेको शनिवार धनकुटामा आयोजित कार्यक्रममा सहभागिहरुले बताएका छन् । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को चौथो जिल्ला अधिवेसन उद्घाटन कार्यक्रममा वक्ताहरुले यस्तो वताएका हुन् ।

सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको चौतर्फी विकास हुने शिक्षा प्रदान गर्नपर्नेमा बक्ताको जोड छ । विद्यार्थीको सिकाई उपलब्धि वृद्धि गर्न जनजिवनसँग सम्वन्धित ज्ञान प्रदान गर्नुपर्ने वताउदै बक्ताहरुले विद्यार्थीलाई पठनपाठनमा रुची जगाउन सक्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसिएसनका केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाले नेपालको शैक्षिक विकासका लागि संस्थागत विद्यालयले योगदान दिईरहेकोे बताए । उनले नेपालमा सामुदायिक र संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोण फरक भएपनि संविधानले भने निजि शिक्षालाई विभेद नगरेको उल्लेख गरे । विद्यालयको पहुच वाहिरका वालवालिकालाई शिक्षाको पहुँचमा ल्याउन सामुदायिक तथा संस्थागत दुवै विद्यालयको जिम्मेवारी रहेको उल्लेख गर्दै उनले बालवालिकालाई शिक्षा प्रदान गर्ने क्रममा संस्थागत विद्यालय कहिल्यै वाधक नवन्ने वताए ।

नेसनल प्याब्सनको अधिवेशन उद्घाटन कार्यक्रम । तस्वीर: संगालोखबर

संगठनका जिल्ला अध्यक्ष प्रकाश निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामवहादुर थापा, जिल्ला समन्वय समितिका उप–प्रमुख वंगलादेवी राई, धनकुटा नगरपालिकाका उप–प्रमुख शकुन्तला वस्नेत, राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसिएसन नेपालका सल्लाहकार जगदीशप्रसाद ओली, प्रदेश न.३ का अध्यक्ष प्रबोधप्रभाकर रिजाल, प्रदेश न.१ का अध्यक्ष जयवहादुर श्रेष्ठ, सचिव राजन पौडेल, राष्ट्रिय अभिभावक सघंका केन्द्रिय उपाध्यक्ष सुन्दरवावु श्रेष्ठ, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष नगेन्द्र राई, पुस्तक व्यवसायी सघंका जिल्ला अध्यक्ष विक्रम कार्की लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

अध्यक्षमा भण्डारी निर्वाचित

नेसनल प्याब्सन धनकुटाको चौथो जिल्ला अधिवेसनवाट दिनेश भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् ।

नव गठित समितिको उपाध्यक्षमा पदमवहादुर भट्टराई, सचिवमा गौरव कार्की, सह–सचिवमा भीमकुमार राना, कोषाध्यक्षमा यज्ञप्रसाद ओझा र सह–कोषाध्यक्षमा लक्ष्मण लिम्वु चयन भएका छन् ।

समितिको सदस्यमा तोर्ण परियार, भीमवहादुर मगर, टेकवहादुर कार्की, सन्तोष लिम्वु, होमबहादुर थापा, ओमप्रकाश लिम्वु र गजेन्द्र सुवेदी चयन भएको नेसनल प्याब्सनले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!