धनकुटा, २६ माघ । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र धनकुटाले आगामी फागुन १ गते महाशिवरात्री पर्व धुमधामले मनाउने भएको छ ।
८२ औं त्रिमुर्ति महाशिवरात्री महोत्सवको अवसरमा वृहत शान्ति पदयात्रा तथा आध्यात्मिक प्रवचन कार्यक्रम गरिने ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रका प्रमुख ब्रम्हाकुमारी निर्मलाले जानकारी दिईन् । उनका अनुसार शिवरात्री पर्वको दिन बिहान झण्डोत्तोलन तथा झाँकीसहित बजारमा शान्ति पदयात्रा गरिनेछ ।
पदयात्रा पश्चात दिउँसो धनकुटा ५ टुडिखेल अगाडी रहेको ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको कार्यालयमा आध्यात्मिक प्रवचन कार्यक्रम गरिने केन्द्रका प्रमुख निर्मलाले बताईन् । महाशिवरात्री पर्व मनाउनेबारे शुक्रवार केन्द्रको कार्यालयमा बैठक बसेको थियो । जिल्लास्थित विशिष्ट व्यक्तिहरुको उपस्थितिमा विशेष कार्यक्रम गरी शिवरात्री मनाउने बैठकले निर्णय गरेको हो ।
यसैगरी केन्द्रले धनकुटा नगरपालिकाको समन्वयमा नगरपालिका क्षेत्रभित्र उपयुक्त स्थानमा शान्ति पार्क स्थापना गर्न प्रस्ताव अघि सार्ने निर्णय पनि गरेको छ ।
बैठकमा समाजसेवीहरु गोपाल गुरागाई, चन्द्रबहादुर बस्नेत, पुष्कर जोशी, पत्रकार रमेशचन्द्र अधिकारी, सामाजिक परिचालक रेनु पौड्याल लगायतले धारणा राखेका थिए ।