सूर्योदयका ऐन, नियम राजपत्रमा प्रकाशित
इलाम, ११ फागुन । इलामको सूर्योदय नगरपालिकाले ऐन, नियमावली र कार्यविधि आफ्नै राजपत्रमा प्रकाशित गरेको छ ।
नगरपालिकाले नगरसभाबाट पारित भएका चारवटा ऐन, तीनवटा नियमावली, तीनवटा कार्यविधि, नीति तथा कार्यक्रम र योजना तथा बजेट तर्जुमा दिग्दर्शन राजपत्रमा प्रकाशन गरेको हो । स्थानीय राजपत्रमा प्रकाशित ती कानून अब सूर्योदय नगरपालिकाका लागि मूल कानूनसरह बनेका छन् ।
सूर्योदय नगरपालिकाले स्थानीय राजपत्रको ...


























