२५ औं राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङमा हुने
खोटाङ, ७ फागुन । २५औं राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङमा हुने भएको छ । नेपाल बालसाहित्य समाज काठमाडौंको आयोजनामा फागुन २४, २५ र २६ गते दिक्तेलमा बालसाहित्य सम्मेलन गर्ने टुंगो गरिएको हो । बालसाहित्यमा लोकसाहित्यको प्रभाव, अभिभावक र बालसाहित्य, बालसाहित्यमा बालअधिकार र कर्तव्यलगायतका विषयमा कार्यपत्र प्रस्तुति, शिक्षक तथा अभिभावकसँग अन्र्तक्रिया एवं बालपुस्तकको प्रदर्शनी गरिने समाजले जनाएको छ ।
...






























