ईश्वर थापार/संगालोखबर

धनकुटा, ७ फागुन । धनकुटामा पनि बिभिन्न कार्यक्रम गरेर ६८ औं प्रजातन्त्र दिवस मनाईएको छ । प्रजातन्त्र दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

दिवसको अवसरमा सोमबार प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरिएको छ । भीमनारायण चोकदेखि सुरु भएको प्रभातफेरी भीमसेन थान, परिचय मोड, चुवाको बोट, मदन चौक हुँदै त्रिवेणी माविको प्राङ्गणमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।

Advertisement

कार्यक्रममा धनकुटा नगरपालिकाकी उपप्रमुख शकुन्तला बस्नेत, नेकपा माओवादी केन्द्रका सह– संयोजक ऋषिराम ढुंगाना, नागरिक समाजका अध्यक्ष द्रोर्णप्रसाद गुरागाई, जिल्ला सहकारी संघका अध्यक्ष सुन्दर बाबु श्रेष्ठ, गैरसरकारी सस्था महासंघका अध्यक्ष सोविस चेम्जोङ, जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङ लगायतले भनाई राखेका थिए । प्रजातन्त्र स्थापना भएको लामो समय बितेपनि तल्लो वर्गका मानिसले अनुभूति गर्न नपाएकोमा बक्ताहरुले जोड दिएका छन ।

प्रजातन्त्र दिवसकै अवसर पारेर आईतबार धनकुटाका स्थानीय रेडियोबाट परिसंवाद कार्यक्रम गरिएको छ । त्यस्तै मंगलबार जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिने प्रजातन्त्र दिवस मुल समारोह समितिले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!