भोजपुर, ७ फागुन । भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले सार्वजनिक कार्यक्रममा वोल्ने क्रममा सञ्चारकर्मीलाई आफ्नो आवाज रेकर्ड नगर्न चेतावनी दिएका छन् ।

सोमवार प्रजातन्त्र दिवसको अवसरमा भोजपुरको सहिद पार्कमा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा वोल्ने क्रममा आफुले व्यावहारिक कुरा गर्ने भन्दै सञ्चार माध्यमले राखेका रेकर्डर हटाएका हुन् ।

Advertisement

कार्यक्रममा वोल्ने क्रममा आफुले वोलेका कुरा रेकर्ड नगर्न भन्दै सञ्चार माध्यमहरुले राखेका सञ्चार उपकरण आफैले हटाएका थिए ।

जनप्रतिनिधिले वोलेका कुरा आम श्रोता तथा दर्शकले जान्न पाउने कुरालाई व्यावस्ता गर्दै आलेले गरेको सो कार्यप्रति सञ्चारकर्मीले आपत्ती जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!