भेषराज कटेल/संगालोखबर

धनकुटा, २२ असार । धनकुटा नगरपालिका–७ रमाईलो घुम्तीमा आज बिहान माईक्रोबस दुर्घटना हुँदा १८ जना घाईते भएका छन् ।

हिलेबाट धरान तर्फ जाँदै गरेको को.१ ख.२८४७ नम्बरको माईक्रोबस बिहान करिव साँढे ८ बजे ब्रेक फेल भएर दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी दुई जना गंभीर र १६ जना सामान्य घाईते भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए ।

दुर्घटना पश्चात घाईतेको उद्धार गरिदै । तस्वीर : भेषराज कटेल/संगालोखबर

गंभीर घाईते दुई जनालाई थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ । वाँँकी १६ जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

ओरालो सडकमा ब्रेक फेल भएर माईक्रोबस दुर्घटना भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले बताए ।

ब्रेक फेल भएर अनियन्त्रित भएको माईक्रोबस कोशी ग्यास डिलर तर्फ जाने सडकको भित्तामा ठोक्किएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!