संगालोखबर सम्वाददाता

धनकुटा, २५ असार । धनकुटामा आज दिउँसो करेन्ट लागेर एक युवक गंभीर घाइते भएका छन् ।

Advertisement

धनकुटा–७ बसपार्क स्थित दिपेन्द्र पराजुलीको निर्माणाधिन घरमा आल्मुनियम सिसा लगाउँने क्रममा करेन्ट लाग्दा दैलेखका २५ बर्षीय गणेश रावत गंभीर घाइते भएका हुन् ।

काम गर्ने क्रममा घर छेउमा रहेको मेन लाइनको नाङ्गो तारले भेटेर रावतलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

गंभीर घाइते उनलाई तत्काल धनकुटा जिल्ला अस्पताल ल्याईएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगियो ।

प्रतिष्ठानमासमेत उपचार हुन नसकेपछि बिराटनगर स्थित नोबेल शिक्षण अस्पताल लगिएको छ । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!