धनकुटा, २८ असार । धनकुटाको साथी वचत तथा ऋण सहकारी संस्थाले लेखा व्यवस्थापन सम्बन्धि पाँच दिने तालिम सञ्चालन गरेको छ । सहकारीको लेखा व्यवस्थापनलाई छिटो, छरितो र विश्वसनिय तथा प्रभावकारी बनाउने उदेश्यले कम्प्युटर सिस्टमबाट तालिम दिईएको हो ।
समयअनकुल सहकारीलाई परिवर्तन गरी थप व्यवस्थित बनाउँन कम्प्युटरबाट तालिम सञ्चालन गरिएको सहकारी संस्थाका उपाध्यक्ष जयन्द्र प्रधानले बताए । तालिममा सहकारी संस्थाका पदाधिकारी, व्यवस्थापक, ऋण अधिकृत र संकलक गरी १३ जना सहभागि छन् ।
सहभागीहरुलाई प्रशिक्षक दिवस अधिकारीले सहकारीको लेखा कम्प्युटरबाट राख्ने तरिकाको वारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको सहकारी संस्थाका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।