
धनकुटा, ३० असार । धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ मा लुटेराले कुटपिट गर्दा एक वृद्धाको मृत्यु भएको छ । लुटपाटका क्रममा कुटपिटबाट गंभीर घाईते भएकी स्थानीय ६० वर्षीया नरमाया लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार घरमा कोही नभएको समयमा नरमायालाई स्थानीय १९ वर्षीय रोहित लिम्बू र १६ वर्षीय शुक्रराज लिम्बूले कुटपिट गरी डेढ तोला सुनको गहना लुटेर भागेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएकी नरमायालाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानमा उपचारका क्रममा शुक्रवारराति उनको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सिधुवाको टोलीले रोहित र शुक्रराजलाई गहनासहित पक्राउ गरेको छ ।
उनीहरुबिरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरी कारबाही प्रकृया अघि बढाईने प्रहरीले जनाएको छ ।