संगालोखबर सम्वाददाता

धनकुटा, १ असोज । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै धनकुटाका महिलाहरुले जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन् । धनकुटामा क्रियाशिल विभिन्न महिला संघ संस्थाहरुको समन्वय र डब्लुडक्लुजे धनकुटा सम्पर्क व्यक्तिको संयोजनमा प्रदर्शन गरिएको हो ।

Advertisement

स्थानीय मदनचौकबाट निश्किएको बिरोध ¥यालीले धनकुटा बजारको परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चात पुनः मदनचौकमा पुगेर बिरोध सभा गरियो । सभालाई संबोधन गर्दै बक्ताहरुले बलात्कारी र हत्यारालाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरेका छन् ।

सभामा पूर्व सांसद अञ्जना ताम्लीले सरकार बलात्कारी र हत्यारालाई संरक्षण गर्न लागिपरेको आरोप लगाईन् । त्यस्तै नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईले मुलुकमा अहिले दण्डहिनता मौलाउँदै गएर सरकार असफल हुँदै गएको दावी गरे ।

सकल्पका अध्यक्ष मिना राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तुलमान राई, महिला संघकी केन्द्रिय प्रतिनिधि अम्विका परियार, महिला अधिकारकर्मी कोपिला शंकर, डब्लुडब्लुजेका जिल्ला स्रोतब्यक्ति जयन्ती राई लगायतले बलात्कारी र हत्यारालाई कारबाहीको दायरामा ल्याउँन सरकारसँग माग गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!