ताप्लेजुङ, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले जन्म दिनका अवसरमा ताप्लेजुङका दुई दलित विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् ।

Advertisement

केही वर्षदेखि आफ्नो जन्म दिनमा सामाजिक काम गर्दै आएका भट्टराईले यसपटक पाथीभरा याङवरक गाउँपालिका शारदा मावि कक्षा १ मा अध्ययनरत कमल विक र गङ्गा विकलाई आर्थिक सहायता प्रदान गरेका हुन ।

पार्टीले विद्यालय भर्नामा जुट्न आह्वान गरेअनुसार आफैँले विद्यालय भर्ना गराएका ती दुई विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्रीलगायतमा खर्च हुने गरी रु दश/दश हजार प्रदान गरेको भट्टराईले बताए । उनीहरुको आर्थिक अवस्थासमेत कमजोर भएका कारण नेता भट्टराईले आर्थिक सहयोग प्रदान गरेका हुन् ।

उक्त रकम पार्टीका ताप्लेजुङ सम्पर्क मञ्चका अध्यक्षद्वय सन्तोष मादेन र मिङ्मा डण्डु लामामार्फत ती विद्यार्थीको अभिभावकसम्म पुग्ने गरी हस्तान्तरण गरेको उनले जानकारी दिए ।

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भट्टराई २०२३ साल भदौ २१ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मेका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!