प्रेम देवान/संगालोखबर

विराटनगर, २४ भदौ । सेवाग्राहीबाट ८५ हजार घुस लिएको आरोपमा विराटनगर महानगरपालिका वितिय व्यवस्थापन महाशाखाका खरिदार र कार्यलय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

Advertisement

महाशाखाका खरिदार तिलकमणि पोख्रेल र कार्यलय सहयोगी बुधलाल सरदारलाई आईतबार महानगरपालिकाको राजश्व महाशाखाबाट अख्तियारले पक्राउ गरेको हो ।

विराटनगर ७ की मीना शाक्यबाट घरजग्गा कर तिर्ने बिषयमा घुस लिएको आरोपमा दुवैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । अख्तियारबाट उमेश अधिकारीको नेतृत्वमा आएको ७ सदस्यीय टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
कार्यलय सहयोगी बुधलालले पोख्रेलको टेवलमा मीनाबाट लिएको ८५ हजार रुपैया बुझाउदै गर्दा महानगरपालिकाका मेयर भीम पराजुली र वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीले रंगेहात भेटेका थिए ।

मीनाबाट ८५ हजार रकम लिएर ७३ हजार ५ सय ५५ रुपैया राजस्व काटेर ११ हजार ४ सय ४५ रुपैया पोखरेलले राखेका थिए ।

पक्राउ परेका दुवै कर्मचारीलाई निलम्वन गरिने महानगरपालिकाले जनाएको छ । सोमबार बोर्ड बैठक बसेर छानविन समिति बनाउँने र छानविनबाट दोषी प्रमाणित भएमा उनीहरुलाई निलम्बन गरिने मेयर भीम पराजुलीले बताए ।

उता पक्राउ परेका दुवै कर्मचारीले भने आफूहरुलाई नियोजित रुपमा फसाइएको दावी गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!