संगालोखबर सम्वाददाता

धनकुटा, २१ भदौ । संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेनले प्रदेश १ को नाम लिम्बूवान किराँत खम्बूवान नभए देशमा जातिय युद्ध हुँने चेतावनी दिएका छन् ।

Advertisement

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बूवान मञ्चले बिहिबार धनकुटामा गरेको खबरदारी सभालाई संबोधन गर्दै लिङदेनले यस्तो बताएका हुन् ।

प्रदेशको नामाकरण पहिचानका आधारमा नभए देशमा जातिय युद्ध सुरु गर्ने भन्दै अध्यक्ष लिङदेनले त्यसको नेतृत्व आफूले गर्ने बताए । जातिय युद्धको कुरा गर्दा आफूलाई थुनेर देखाउन उनले सरकारलाई चुनौती पनि दिए ।

पहिचानका आधारमा प्रदेशको नामाकरण गर्न नसकिने भए कुनैपनि प्रदेशको नामनै नराखी अहिलेकै जस्तो अवस्थामा छोड्नुपर्ने उनको तर्क छ ।

जातिय कुरामै मन्तब्यको अधिकांस समय खर्चिएका लिङदेनले बर्तमान सरकार पहिचान विरोधी रहेको आरोप लगाउँदै पहिचान विरोधीलाई लिम्बूवानी जनताले कारवाही गर्ने धम्की पनि दिए । आफूसँग छलफल गर्ने भन्दाभन्दै कम्युनिष्ट सरकार र कांग्रेसले तमुवान र मगरातलाई गण्डकी प्रदेश बनाएपछि आफूहरु झस्किएको लिङदेनको भनाई छ ।

सबै प्रदेशको नामाकरण पहिचानको आधारमा नगरी अन्य तरिकाले सकेपछि मात्रै प्रदेश २ को नाम मधेश राख्ने डिजाइन सरकारले गरेको उनले बताए । सुरुमा प्रदेश २ को नामाकरण गरेर मात्र अन्य प्रदेश नामाकरण गर्नुपर्ने उनको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!