इनरुवामा आगलागी, १० लाखभन्दा बढीको क्षति
इनरुवा, २८ कात्तिक । सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको छ । आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ ।
घरका सबै सदस्य छठ पूजा गर्न घाटमा गएका बेला विद्युत् चुहिएर आगलागी भएको हो । प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले दुहबी, सुन्दरहरैचा नगरपालिका, धरान र इटहरी उपमहानगरपालिकाको बारुण यन्त्रणको स...





























