ईश्वर थापा/संगालोखबर

धनकुटा, २ मंसिर । धनकुटा सहित पूर्वका ६ जिल्लाका १९ विद्यालयका प्रधानाध्यापकहरुले शैक्षिक गुणस्तर बृद्धि गर्न तयार गरिएको विस्तृत योजना अन्तिमिकरण कार्यशाला सम्पन्न भएको छ।

Advertisement

मंगलबार धनकुटामा सुरु भएको कार्यशालामा गत बर्ष नेपाल सरकारले घोषणा गरेका नमूना सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई दुई दिने कार्यशाला सम्पन्न भएको हो। धनकुटा सहित सुनसरी, भोजपुर, संखुवासभा, तेह्रथुम, खोटाङ्ग र ताप्लेजुङ्ग जिल्लाका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुले शैक्षिक गुणस्तरबृद्धि गर्न कार्यन्वयन गर्न तयार गरेका योजना सहित अन्तिमीकरण गरीने भएको छ।

मंसिर महिनासम्ममा कार्यान्वयन गरिने विस्तृत योजना नेपाल भरीका दुई सय २२ माध्यामिक विद्यालयमा एक साथ कार्यन्वयन गरिने शिक्षा मन्त्रालय अन्तरगत शिक्षा तथा मानव विकास केन्द्रका निर्देशक पदमसिं विष्टले बताए। विष्टका अनुसार यसै वर्ष थप एक सय नमूना विद्यालय घोषणाको तयारीमा मन्त्रालय रहेको छ। सन् २०२२ सम्ममा नेपालमा एक हजार नमूना माध्यमिक विद्यालय घोषणा गरी गुणस्तरिय शिक्षा प्रदान गरिने लक्ष रहेको विष्टले बताए।

नमूना विद्यालय स्थापना गरि शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने एशियाली डेभलभमेण्ट बैंकको सहयोगमा एस एस जिपी कार्यक्रम अन्तर्गत रहेका विद्यालयमा एक करोडका दरले रकम समेत विनियोजन भई निकासा भएको शिक्षा विकास तथा समन्वय ईकाई धनकुटाका प्रमुख रामबहादुर थापाले बताए।

कार्यक्रममा धनकुटा नगर प्रमुख चिन्तन तामाङ्गले सरकारले नमूना विद्यालयका नाममा खर्च गर्नुका सट्टा सबै सामुदायिक विद्यालय संस्थागत विद्यालयका तुलनामा विश्वासनीय बनाउने योजना बनाउनुपर्ने बताएका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!