संगालोखबर सम्वाददाता

धनकुटा, ४ मंसिर । धनकुटा जिल्लामा गत एक वर्षको अवधिमा ३८ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् ।

Advertisement

नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पुर्व प्रकासन समिक्षा कार्यक्रममा आयोजित सार्वजनिक गरिएको प्रतिवेदनमा सो कुरा जनाईएको हो । गत पौषदेखि हालसम्म एक वर्षको अवधिमा हत्या ,बलात्कार, यातना, कुटपीट, पक्राउ लगायत ३८ वटा मानवअधिकार उल्लंघनका घटना भएको उल्लेख गरिएको छ ।

इन्सेक धनकुटाका प्रतिनिधि नीलबहादुर थापाले प्रतिवेदन प्रस्तुत गर्दै राज्य पक्षबाट ३ वटा र गैरराज्य पक्षबाट ३५ वटा मानवअधिकार उल्लंघनका घटना भएको उल्लेख गरिएको छ ।

उक्त समिक्षा कार्यक्रममा धनकुटा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले मानवअधिकारको संरक्षणमा राज्य गम्भीर भएर लागि परेको दावी गरे ।

कार्यक्रमका पूर्व सांसद गोपाल गुरागाई, नेकपा धनकुटाका ऋषिराम ढुंगाना, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, संघिय समाजवादी फोरम नेपालका सरकुमारी राई, राप्रपा प्रजातान्त्रिका टीकाप्रसाद घिमिरे, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म धनकुटाका गुल्मपती डिएसपी बालकृष्ण श्रेष्ठ लगायतले प्रतिवेदनमाथि धारणा राखेका थिए ।

कार्यक्रम इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका पुण्य अधिकारीको अध्यक्षतमा सम्पन्न भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!