संगालोखबर सम्वाददाता

काठमाण्डौं, १ मंसिर । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मुलुकमै सवैभन्दा बढी आयकर तिरे वापत बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई सम्मान गरिएको छ ।

Advertisement

आर्थिक बर्ष २०७३/०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेललाई सरकारको तर्फबाट सम्मानित गरिएको हो ।

सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्मालाई माला लगाएर सम्मानपत्र प्रदान गरे । कार्यक्रममा बिभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरिएको थियो ।

उत्कृष्ट करदाताको रुपमा सम्मानित भएपछि प्रतिक्रिया दिदै नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रमा उत्कृष्ट मात्र नभएर राज्यलाई बढी कर तिर्न नोबेल सफल भएकोमा गर्ब लागेको बताए ।

२०६१ सालमा बिराटनगरको कञ्चनवारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय शिक्षाका क्षेत्रमा मुलुककै उत्कृष्ट सस्थाको रुपमा स्थापित भएको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!