भोजपुर, ९ माघ । बहुविवाहका आरोपमा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानीबाट २३ वर्षीय लालबहादुर दर्जी र उनकी कान्छी श्रीमती हतुवागढी गाउँपालिका –२ की निर्मला दर्जीलाई पक्राउ गरेको हो । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजूरीपछि पक्राउ गरिएको हो ।

Advertisement

विवाहपछि वडा कार्यालयमा मिलाउनका लागि छलफल गरिएकामा नमिलेपछि प्रहरीमा उजुरी परेको थियो । लालबहादुरले २०६९ सालमा जेठी श्रीमती प्रमिलासँंग विवाह गरेका थिए ।

जेठीपट्टि एक सन्तान पनि छन् । उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!