ईश्वर थापा/संगालोखबर

धनकुटा, ११ माघ । धनकुटामा बिद्यार्थीहरुलाई दुना–टपरी गाँस्ने काम सिकाउन थालिएको छ । धनकुटा नगरपालिकाको सहयोगमा हाम्रो बहुमुखि पाठशालाले लैंगिक समानता र सामाजिक समावेशीकरणका लागि बालबालिका लक्षित दुनाटपरी निर्माण तालिम सुरु गरेको हो ।

Advertisement

धनकुटा नगर क्षेत्रका १० विद्यालयमा अध्ययनरत ३० जना छात्रछात्राले दुना–टपरी बनाउन सिक्दैछन् । गोकुण्डेश्वर मावि, गोकुण्डेश्वर बालमन्दिर, हिले, भाषा, त्रिवेणी मावि, तमोरभ्याली बोर्डिङ, दिप इंग्लिश बोर्डिङ, बालसंसार बोर्डिङ र तुलसी मेहर बोर्डिङका छात्रछात्रा तालिममा सहभागि छन् ।

उनीहरुलाई लक्ष्मीदेवी श्रेष्ठ र शारदा श्रेष्ठले प्रशिक्षण दिइरहेको आयोजकले जनाएको छ । मौलिक परम्परा अनुसार आवश्यक पर्ने दुना–टपरीको महत्व र आवश्यकताका विषयमा छलफलसमेत गरिएको छ ।

बिद्यार्थीहरुलाई परम्परागत संस्कार, संस्कृतिका बारेमा ज्ञान दिलाउँदै किताबमा देखेका र पढेका कुरालाई व्यवहारिक शिक्षा दिलाउन यस्तो कार्यक्रम गरिएको पाठशालाका संयोजक सरोज भूजेलले जानकारी दिए ।

पछिल्लो समय नेपाली मौलिकता हराउँदै गएको अवस्थामा यस्ता कार्यक्रमले बिद्यार्थीलाई रचनात्मक बन्न सहयोग पुग्ने तालिमका प्रशिक्षक लक्ष्मीदेवीले बताईन् । धनकुटामा पृथक पहिचान बनाउँने अभियानमा जुटेको पाठशालाले उद्घोषण, चित्रकला, नृत्य, गीत–संगीत लगायत बिषयमा प्रशिक्षण दिँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!