
धनकुटा, १२ माघ । धनकुटाको देब्रेबासमा शनिवार ‘बालविवाह न्यूनिकरणमा वालवालिकाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वडास्तरीय सम्वृद्धि बाल क्लब धनकुटा ४ को आयोजनामा देब्रेबासस्थित सामुदायिक भवनमा प्रतियोगिता गरिएको हो ।
९ विद्यालयका छात्रछात्रावीच भएको प्रतिष्प्रधामा सभ्यता बुढाथोकी प्रथम भएको सामाजिक परिचालक रेनु पौड्यालले जानकारी दिईन् । उनका अनुसार आदर्श अधिकारी दोस्रो, प्रिस्किला तामाङ तेस्रो र अस्मिता राई सान्त्वना भए ।
वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा रमेशचन्द्र अधिकारी, कला पाण्डे र कृष्णगोविन्द अधिकारी थिए । विजयी बालबालिकालाई क्रमश १ हजार ५ सय, १ हजार, ८ सय र ५ सय रुपैयासहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ ।
अझै पनि बालविवाह नरोकिएकाले सचेतनामुलक विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको सञ्जालका अध्यक्ष निराकार अधिकारीले बताए ।















