
धनकुटा, १७ माघ । धनकुटा बसपार्कमा आज बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जना घाईते भएका छन् । दमकबाट खाँदवारी जाँदै गरेको को.१ ख.३८६५ नम्बरको बसले बजारबाट जिरोपईन्टतर्फ जाँदै गरेको वा.६१ प.१५८१ नम्बरको मोटरसाईकललाई बिहान करिव साँढे ९ बजे ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाईकलमा सवार मोरङ केरावारी–८ का ५० बर्षीय गणेश भण्डारी र ४४ बर्षीय बलबहादुर भण्डारी घाईते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले संगालोखबरलाई जानकारी दिए । घाईतेहरु नाताले दाजु–भाई हुन् ।
जिल्ला अस्पतालमा सामान्य उपचार पछि उनीहरुलाई थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ । बसपार्कमा घुम्ती मोड्ने क्रममा बसले मोटरसाईकललाई ठक्कर दिएको हो ।















